झापा, दमक — दमक नगरपालिका–४ स्थित भाटभटेनी अगाडि रहेको जङ्गी–अड्डा चियापसल आइतबार औपचारिक रूपमा सञ्चालनमा आएको छ। एक विशेष कार्यक्रममार्फत उद्घाटन गरिएको उक्त चियापसलको उद्घाटन दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई (प्रसाई) ले गर्नुभयो।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपी किशोर लम्साल, सामाजिक व्यक्तित्व प्रकाश प्रसाई तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
सृजन शंकर र सुमन सेञ्चुरीको संयुक्त ५ लाख रूपैयाँको लगानीमा सञ्चालनमा आएको जङ्गी–अड्डा चियापसल मा विभिन्न प्रकारका चिया तथा खाजाको व्यवस्था गरिएको सञ्चालक सृजन शंकरले जानकारी दिनुभयो। जाडो मौसमलाई लक्षित गर्दै ग्राहकलाई भरपूर सेवा दिन चियापसल विशेष प्राथमिकता सहित सुरु गरिएको चियापसलले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख भट्टराईले दमकमा धेरै चिया–कफीका पसलहरू सञ्चालनमा रहे पनि चुनौतीलाई सामना गर्दै ‘जङ्गी–अड्डा’ जस्तो नयाँ अवधारणा लिएर अगाडि आएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले सफल व्यापारिक यात्राका लागि शुभकामना पनि दिनुभयो।
आईतबार आयोजित औपचारिक समारोहपछि जङ्गी–अड्डा चियापसल सर्वसाधारणका लागि औपचारिक रूपमा सेवा खुला गरिएको छ।






