झापा । दमक नगरपालिका–५ क्याम्पस मोडमा हिँडिरहेको अवस्थामा अर्जुनधारा नगरपालिका–४ बस्ने ६२ वर्षीय युवराज पौडेलको आकस्मिक निधन भएको छ। हिँडिरहेका बेला अचानक क्रममा लडी बेहोस भएका उनलाई स्थानीयहरूले अचेत अवस्थामा फेला पारी तत्काल उपचारका लागि निम्स अस्पताल दमकमा पुर्याएका थिए।
अस्पतालमा उपचार भइरहेको अवस्थामा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय दमकका विपन विश्वकर्माको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरी स्रोतले जनाएको छ। घटनाको विस्तृत विवरण प्रहरीले संकलन गरिरहेको छ।





