दमक जेसीज सप्ताह २०२५को उद्घाटन तथा ‘थिम सेमिनार’ कार्यक्रम सम्पन्न

दमक जेसीजले आयोजना गरेको जेसीज सप्ताह २०२५ अन्तर्गत ‘Opening Ceremony & Water Purifier Handover Program’ र ‘Theme Seminar: Impact, Achievement & Challenges of Gen-Z Movement on Local Government’ नामक दुई महत्वपूर्ण कार्यक्रमहरू सोमबार दमक–९ स्थित दमक बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएका छन्।

पहिलो कार्यक्रम ‘Opening Ceremony & Water Purifier Handover Program’ को प्रमुख आतिथ्य दमक नगरपालिकाका कार्यबाहक नगरप्रमुख भीम प्रसाद पौडेलले गर्नुभयो। सो अवसरमा दमक जेसीजले दमक बहुमुखी क्याम्पसलाई स्वच्छ पिउने पानीका लागि १ थान Water Purifier हस्तान्तरण गरेको थियो।

दोस्रो कार्यक्रम ‘Theme Seminar: Impact, Achievement & Challenges of Gen-Z Movement on Local Government’ को प्रमुख आतिथ्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष  ढुण्डीराज भण्डारी रहे। सेमिनारमा वक्ताहरूले स्थानीय सरकारमा Gen-Z आन्दोलनले पारेका प्रभाव, हासिल भएका उपलब्धिहरू तथा देखा परेका चुनौतीहरूबारे महत्वपूर्ण विचार व्यक्त गरेका थिए।

वक्ताहरूमा कार्यबाहक नगरप्रमुख भीम प्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य आदरणीय गोकुल श्रेष्ठलगायत थिए।

कार्यक्रमको अध्यक्षता जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  गोकुल श्रेष्ठ, विशेष अतिथि तथा दमक जेसीजका संस्थापक सदस्य पदम कोईराला, साथै नेपाल जेसीज क्षेत्र ‘क’ तालिम आयुक्त खड्ग ब. थापा, दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख  पारस आचार्य, स्ववियु सभापति भुवन बस्नेत, पूर्व अध्यक्षहरू जेसी भागवत बुढाथोकी, सिनेटर लोकबहादुर अधिकारी, जेसी रमेश अधिकारी, जेसी चन्द्र खत्री, सञ्जिब बराल, जेसी मुकेश अग्रवाल लगायत पदाधिकारी तथा सभासदहरूको उपस्थिति थियो।

जेसीज सप्ताह मूल संयोजक कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारी थिए भने कार्यक्रममा उपाध्यक्ष जेसी धर्म ढुंगाना र जनसम्पर्क अधिकारी जेसी बिशाल अधिकारीले संयोजकत्व सम्हालेका थिए। प्रकरण निर्देशक जेसी पंकज पोखरेलले जेसीज आस्था पाठ वाचन गर्नुभयो भने कार्यक्रम सञ्चालन महासचिव जेसी राजेन्द्र बिमलीले गर्नुभएको थियो।

कार्यक्रमले जेसीज सप्ताह २०२५ को सुरुवातलाई उद्देश्यपूर्ण तथा प्रभावशाली बनाएको कार्यक्रम सञ्चालक महासचिव जेसी राजेन्द्र बिमलीले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts