संविधान दिवसको कोणसभामा रोमनाथ ओलीद्वारा बालेन शाह र रास्वपामाथि घुसपैठ र उक्साहटको आरोप, निष्पक्ष छानबिनको माग

असाेज ३, दमक  – संविधान दिवस २०८२को अवसरमा नेकपा एमाले दमक नगर कमिटीको आयोजनामा दमक नगरपालिका वडा नं. ५ पूर्वाञ्चल बेकरी अगाडि कोणसभा सम्पन्न भएको छ। कार्यक्रममा करिब १५० जना सहभागी थिए।

प्रमुख अतिथि ओलीले आफ्नो सम्बोधनमा हालैको जेन्जी आन्दोलनमा अन्यको लैलैमा लागेर संविधान खारेज गर्ने गतिविधि भए नेपालमा रक्तपातको खतरा हुने चेतावनी दिएका छन्। उनले काठमाडौंमा भइरहेको आन्दोलनका क्रममा मेयर बालेन शाहको भूमिकामाथि प्रश्न उठाउँदै रास्वपाले खुलेआम जनतालाई उक्स्याएको आरोप लगाए।

ओलीले भारतसँगको सम्बन्धमा ‘६० हजारमै मोटरसाइकल किन्न सकिने’ भन्ने बहानामा घुसपैठ भएको दाबी गर्दै यसको छानबिन आवश्यक रहेको बताए। साथै, शान्तिपूर्ण आन्दोलनका बीच एम्बुलेन्सभित्र लुकेर गोली चलाइएको घटनाको निस्पक्ष छानबिनका लागि एमाले तयार रहेको समेत स्पष्ट पारे।

यस कोणसभामा संविधानको रक्षा, राजनीतिक स्थायित्व र जनताको अधिकार सुनिश्चित गर्न सबै दललाई गम्भीर बन्न आग्रह गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *