असाेज ३०, दमक । पाँच दिनअघि देखि झापाको दमकबाट हराएका राजेन्द्र गुरुङ्गको खोजीका लागि सबैलाई सहयोग गर्न हेप्पी नेपाल दमकका अध्यक्ष कुमार गुरुङ्गले आग्रह गर्नु भएको छ ।
दमक १ स्थित हेप्पी नेपालकै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका स्वयसेवक राजेन्द्रको खोजी कार्यमा सबैले सहयोग गरिदिन आग्रह गर्नुभएको हो । विगत २-३ वर्षअघि देखि संस्थामा स्वंयसेवकको रुपमा कार्य गरी रहेका ५४ वर्षीय राजेन्द्र गत असोज २५ गते दिउसो हेप्पी नेपालबाट हराएको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताउनु भयो ।
संस्थाकै सहकार्यमा राजेन्द्रको बहिनी मुनाले इलाका प्रहरी कार्यालय दमकमा हुलिया गरी सकेको हेप्पी नेपालले जनाएको छ । संस्था र राजेन्द्रको परिवारलबाट पनि झापा आसपास नातेदार साथी भाई सबैतिर खोजी गरी रहेको भए पनि अहिलेसम्म नभेटिएको अध्यक्ष कुमारले बताउनुभयो ।
शुरुमा अत्यधिक मादक पदार्थ प्रयोगकर्ता रहेका राजेन्द्रलाई हेप्पी नेपालको सुधार गृहमा राखेर कुलत त्यागेर सुध्रिएपछि सोही संस्थाको बफदार स्वयसेवक रहेर जिम्मेवारी पुरा गरी संस्थाका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दमक – ५ जागृति टोल बस्ने राजेन्द्र गुरुङ एक्कासी कसैलाई थाहा नदिई दिउसो ३ बजे कार्यालयबाट हराएको बुझिएको छ । सोही पत्रकार सम्मेलनमा सहभागी राजेन्द्रकी बहिनी मुनाले पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदै अहिलेसम्म आफ्ना आफन्त नातागोता साथीभाई छरछिमेक सबैतिर खोजी गरी रहँदा हालसम्म नभेटिएको बताउनु भयो ।
कार्यालयमा सुरक्षागार्ड नराखेको र सोही समयमा सीसी क्यामेरा नचल्दा सोही समयमा मेरो दाजु हराउनुले केही शंका उब्जिएको राजेन्द्रको बहिनी मुना गुरुङ्गले गुनासो गर्नुभयो ।
सीसी क्यामेराको सन्दर्भमा हेप्पी नेपालका अध्यक्ष कुमारले जवाफ दिदै हेर्दा क्यामेरामा रेकर्ड भई रहेको तर त्यसमा लाग्ने ब्याट्री सकिएका कारण रेकर्ड नभएको पछि मात्र थाहा भएको बताउनु भयो । हेप्पी नेपालको सुरक्षागार्ड नेत्र भट्टराई रहेको जनाइएको छ । राजेन्द्र पनि २-३ वर्ष देखि स्वयंसेवकको काम गरिरहेको हुँदा उनको धेरै निगरानी नभएको संस्थाले जनाएको छ ।







