२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

असार २५ , दमक / झापाको दमक–७ निवासी समाजसेवी रामकुमार थापाको आगलागीबाट पूर्ण रूपमा नष्ट भएको घर पुनर्निर्माणका लागि गठन गरिएको राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति ले हालसम्म २२ लाख २५ हजार ६५० रुपैयाँ सहयोग संकलन भएको जनाएको छ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार २०८२ चैत २४ गते भएको आगलागीपछि आवास पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका सहयोगी, विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबाट आर्थिक सहयोग संकलन गरिएको हो ।
सार्वजनिक विवरणअनुसार टिका थापाले २ लाख रुपैयाँ, दमक नगर इसाई समाजले १ लाख २५ हजार ५०० रुपैयाँ तथा रेवत दर्नाल, गोपाल पोखरेल, नीरज थापा, मोहनकेश थापा र निनम कुमार मगरले जनही १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी राजु खड्का ९१ हजार, नपा स्वास्थ्य शाखा परिवारबाट ७५ हजार, पृथ्वी माध्यमिक विद्यालयबाट ७१ हजार रुपैयाँ, बासुदेव भट्टराई, अर्जून तुम्रुक, सिजिटन जेम्सफार र्इं. स्कुल ५१ हजारका दरले सहयोग गरेका छन् । यस्तै ५० हजार सहयोग गर्नेहरु कृष्णकुमार भण्डारी, सूर्यमान थापा, बालानन्द काफ्ले, डम्बरकेशरभुजेल, भिम प्रसाद पौडेल, कृष्णराधा ढुगाना, प्रकाश शर्मा, उर्मिला तिम्सिना, अर्जुन राई पुरानो काठपात बिक्री रहेका छन् ।

यस्तै शुभारम्भ टो.बि. संस्था ४५ हजार ९७०, ओमनाथ बाँनिया ४५ हजार, भारतीय भूपू सैनिक संगठन ४० हजार, टिकाराम मगर, टंकप्रसा काफेले दुई जनाबाट ३५ हजार, वंशिधर ्रन्यौपाने उदयपुर २५ हजार ५५५, इन्द्रा नरप्रसाद राई २५ हजार, पदम प्रसाद घिमिरे २५ हजार, सिकन्दर मल्लिक डोम परिवार २५ हजार, सिपिनी टि.बि. संस्था २१ हजार ३०० अन्य २१ हजारदेखि १ हजारसम्मका दाता रहेका छन् ।

समितिले सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आवास पुनर्निर्माण सम्पन्न नहुँदासम्म सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ । प्राप्त सहयोग रकम र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै जाने प्रतिबद्धता पनि समितिले व्यक्त गरेको छ ।

झापा, कमल / कमल गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, उत्कृष्ट कार्यसम्पादनको कदर तथा शिक्षण पेसाप्रति थप उत्साह र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ उत्कृष्ट शिक्षक, कर्मचारी तथा सेवानिवृत्त शिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ। गाउँपालिकाको शिक्षा शाखाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत बुधबार आयोजित विशेष कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक, कर्मचारी तथा लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्‍याई सेवानिवृत्त भएका शिक्षकहरूलाई सम्मान गरेको हो। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी, जनप्रतिनिधि, शिक्षा शाखाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, लामो समयसम्म शिक्षण पेसामा समर्पित रही समाजमा ज्ञान, सीप र संस्कार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका सेवानिवृत्त शिक्षकहरूलाई पनि सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नु उनीहरूको मेहनत, समर्पण र जिम्मेवारीको कदर गर्नुका साथै अन्य शिक्षक तथा कर्मचारीलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य रहेको उहाँको भनाइ थियो। उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण, शिक्षक क्षमता अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउनु, स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु तथा सेवानिवृत्त शिक्षकहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्नु रहेको जानकारी दिनुभयो। सम्मानित शिक्षक विजयकुमार अधिकारीले स्थानीय सरकारले गरेको सम्मानले आगामी दिनमा अझ जिम्मेवार, अनुशासित र समर्पित भएर काम गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो। सेवानिवृत्त शिक्षकहरूले पनि आफ्नो जीवनभरको शिक्षण यात्राको कदर भएको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। गाउँपालिकाले आगामी वर्षहरूमा पनि उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसैबीच, २०८२ सालको एसईई र कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गरेको कमल–२ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई नगद ३० हजार रुपैयाँसहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।