२०८३ श्रावण ३ आईतवार
२०८३ श्रावण ३ आईतवार

राप्रपाकी सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएका उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको बताइन् । शनिबार चितवनबाट दुबै जना पुरुष पक्राउ परेका हुन् ।

चरित्रहत्याका साथै निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै उनले शुक्रबार उजुरी दिएकी थिइन् । उजुरी दिएपछि उनले आरोपीहरुको फोटो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

उनले पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्राप्त जानकारी दिँदै असहमति राख्नु, आलोचनात्मक टिप्पणी गर्नु वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य पक्ष भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने र घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताइन् ।

झापाको दमक नगरपालिका परिसरमा निर्माण गरिएको धिमाल जातिका ‘पहिलो नागरिक’ को प्रतीकात्मक स्तम्भ जेन्जी आन्दोलनका क्रममा भत्काइएपछि धिमाल समुदायले त्यसको पुनःनिर्माण र दोषीमाथि कार#बाहीको माग पुनः उठाएका छन् ।
धिमाल समुदायका अगुवाहरूले सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको स्तम्भ भत्किएको लामो समय बितिसक्दा पनि पुनःनिर्माणको प्रक्रिया अघि नबढेको भन्दै असन्तुष्टि जनाएका छन् । साथै, स्तम्भ भत्काउने घ#टनामा संलग्न व्यक्तिहरूमाथि अहिलेसम्म स्पष्ट कानुनी का#रबाही नभएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
समुदायका सदस्यहरूका अनुसार उक्त स्तम्भ धिमाल जातिको इतिहास, पहिचान र सम्मानसँग जोडिएको प्रतीक हो । त्यसैले यसलाई यथाशीघ्र पुनःनिर्माण गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।
धिमाल समुदायले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग स्तम्भ पुनःनिर्माणको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न र घट#नाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।