२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

दमक । सामाजिक रूपमा सक्रिय रहँदै विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पहिलो पाइला नेपाल, दमक शाखा ले श्रावण महिनाको पावन अवसरमा दमक–६ स्थित पशुपति मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरूलाई प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक व्यक्तित्व गणेश श्रेष्ठ, शेरबहादुर भट्टराई, संस्थाका सल्लाहकार महेश घिमिरे, केन्द्रिय सचिब दिवस खतिवडा ,कार्यक्रमका प्रायोजक तथा संस्थाका सल्लाहकार राजिब पूर्वे लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी सचिव पूजा दाहालले अघिल्लो वर्षझैँ यस वर्ष पनि श्रावण महिनाभर दमकका विभिन्न मन्दिरहरूमा प्रत्येक सोमबार प्रसाद वितरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

भक्तजनहरूले पहिलो पाइला नेपालले सञ्चालन गर्दै आएको यस्तो धार्मिक तथा सामाजिक कार्यक्रमले नेपाली रीतिरिवाज, संस्कृति र धार्मिक मूल्य–मान्यताको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

सोही अवसरमा संस्थाकी सचिव पूजा दाहालको जन्मदिनको अवसर पारेर शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, स्वयंसेवक तथा उपस्थित भक्तजनहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको बताइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।