२०८३ श्रावण १४ बिहीबार
२०८३ श्रावण १४ बिहीबार

झापा, साउन १३ – झापाको दमक नगरपालिका–९ शान्ति मार्गस्थित एमाले पार्टी कार्यालय नजिकैको खोल्सोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक दमक–९ निवासी ४५ वर्षीय रमेश दर्जी रहेका छन्।
बुधबार बिहान स्थानीयले खोल्सोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाई अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ।
हालसम्म मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।