२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

गौरीगञ्ज, ३१ साउन २०८३ ।
लागुऔषध दुर्व्यसन नियन्त्रण तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले झापाको गौरीगञ्जमा म्याराथन दौड प्रतियोगिता आयोजना हुने भएको छ।

ठेकिटोला युवा समूहको आयोजनामा आगामी भदौ २० गते शनिबार बिहान ७ बजे म्याराथन दौड सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा आयोजक समूहका अध्यक्ष राजु बस्नेतले युवालाई खेलकुद तथा विभिन्न सिर्जनात्मक गतिविधिमा व्यस्त गराएर लागुऔषध दुर्व्यसनबाट टाढा राख्न सकिने बताए। यस्तै, समूहका प्रवक्ता सुशील राईले खेलकुदले युवालाई सकारात्मक बाटोतर्फ अग्रसर गराउनुका साथै स्वास्थ्यमा समेत सुधार ल्याउने बताए।

म्याराथनमा युवा, महिला तथा भेट्रान धावकका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका विभागीय टोलीसहित भारतका धावक तथा नेपालका विभिन्न स्थानबाट धावक सहभागी हुने बताइएको छ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा सिक्किमका चर्चित म्याराथन धावक तथा लागुऔषधविरुद्धका उत्प्रेरक प्रिमियस भुटियाको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी धावकले ठेकिटोला चोकबाट मोरङको सीमा क्षेत्र रतुवा खोला पुगेर पुनः ठेकिटोला चोकसम्म दौड पूरा गर्नुपर्नेछ।

मुख्य म्याराथनतर्फ प्रथम हुनेले ३१ हजार, दोस्रोले २१ हजार र तेस्रो हुनेले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट १० स्थानसम्मका धावकलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

महिलातर्फ प्रथमलाई १५ हजार, दोस्रोलाई ११ हजार र तेस्रोलाई ६ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ। भेट्रानतर्फ समेत ५ हजार १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रवक्ता राईले जानकारी दिए। प्रतियोगिताका लागि गौरीगञ्ज गाउँपालिका–३ ले १ लाख रुपैयाँ सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।