२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

विश्व बन्धुत्वको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र (ॐ शान्ति), मधुमल्लाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ।

दादी प्रकाशमणिज्यूको १९औँ पुण्यतिथिको स्मरणमा भाद्र ४ गते बिहीबार मिक्लाजुङ–९, मधुमल्ला बजारस्थित ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रको भवनमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा दमक रेडक्रस शाखाको प्राविधिक सहयोग रहेको थियो।

मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलको प्रमुख आतिथ्यता तथा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रकी कार्यालय प्रमुख ब्रह्मकुमारी दिदी कमलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा मिक्लाजुङ–९ का वडाध्यक्ष सेमान्तराज दाहाल, मधुमल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रकुबेर अधिकारी, ट्राफिक प्रहरी प्रमुख, दमक रेडक्रस शाखा रक्तसेवा प्रमुख सिद्धार्थ दाहाललगायतको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको मिक्लाजुङ क्षेत्रका ॐ शान्ति अभियन्ता तथा ज्येष्ठ नागरिक रमेशप्रसाद दाहालले जानकारी दिनुभयो।

आयोजकले रक्तदानमार्फत मानवीय सेवासँगै आपसी भाइचारा, सहयोग र विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।