२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

झापा, भदौ २४ । जेन्जी आन्दोलनका शहीदहरूको स्मरणमा
प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा ५ दमकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा गोली लागेर घाइते भएका प्रकाश भट्टराईको विशेष सहभागिता रहेको थियो।

कमल गाउँपालिका–५ पाडाजुँगी निवासी भट्टराईले आन्दोलनका क्रममा दिउँसो करिब १२:३० बजे गोली लागेको स्मरण गर्दै आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँलाई जेन्जी आन्दोलनका क्रममा गोली लाग्ने पहिलो व्यक्तिका रूपमा समेत चिनिन्छ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै भट्टराईले त्यस्तो दुःखद दिन पुनः कहिल्यै नदोहोरियोस् भन्ने कामना व्यक्त गर्नुभयो। उहाँले आन्दोलनपछि पुस्तागत परिवर्तन भए पनि जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको टिप्पणी गर्दै आगामी दिनमा सरकार जनअपेक्षाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले जेन्जी आन्दोलनका शहीदहरूको योगदानको स्मरण गर्दै उनीहरूको सपना र बलिदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए। दीप प्रज्वलनमार्फत शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको आयोजकले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।