२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

झापाको दमकमा आगामी असोज १५ गतेदेखि कोशी प्रदेश जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

दमक भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताबारे क्लबले बुधबार दमकमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यससँगै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिने बताइएको छ।

प्रतियोगिता दमक–२, बेलडाँगीस्थित खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष गजेन्द्र देवानले पछिल्लो समय खेलकुदका गतिविधिमा आएको कमीका कारण खेलाडीमा उत्साह र उत्प्रेरणा बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले भेट्रान खेलाडीहरू स्वयं उदाहरण बनेर नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए।

क्लबका सचिव विरेन राईले प्रतियोगिता सफल बनाउन स्थानीय संघ–संस्था, व्यवसायी, खेलप्रेमी तथा शुभेच्छुक सबैलाई सहयोगका लागि आह्वान गरे।

कार्यक्रममा क्लबका पदाधिकारी, पत्रकार, रेफ्री तथा प्रशिक्षक कुमार गिरीसहित भेट्रान खेलाडीहरूको उपस्थिति रहेको थियो। आयोजकले प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई नयाँ पुस्तामा खेलकुदप्रतिको आकर्षण र सक्रियता बढाउने माध्यमका रूपमा अघि बढाउने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।