२०८३ आश्विन ९ शुक्रबार
२०८३ आश्विन ९ शुक्रबार

उर्लाबारी ६ निवासी पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमालको नि’धन भएको छ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमालको नि’धन भएको छ। उर्लाबारी–६ निवासी धिमाल लामो समयदेखि प्याङ्क्रियाजको क्यान्सरलगायत स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो।

भारतको तेलङ्गानामा उपचार गराएर केही समयअघि घर फर्किनुभएका धिमालले सन् १९९० को दशकमा नेपाली राष्ट्रिय टोलीबाट डिफेन्डरका रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको थियो।

उहाँ मोरङ जिल्ला फुटबल संघका अध्यक्षसमेत रहनुभएको थियो।
उहाँको निधनले नेपाली फुटबल क्षेत्र तथा खेलप्रेमीहरूमा शोक छाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।