२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

चुनावी प्रतिबद्धतादेखि प्रशासनिक भवनसम्म : अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा तोपगाछीमा पूर्वाधार विस्तार

कमल । झापाको कमल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रबार आयोजित एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो।

करिब ६ करोड १ लाख ३९ हजार रुपैयाँको सम्झौतामा निर्माण गरिएको नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न शाखा तथा सेवाहरूलाई एउटै प्रशासनिक केन्द्रबाट थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। प्रशासनिक भवन निर्माणका लागि यही रकममा निर्माण सम्झौता भएको विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमा समेत उल्लेख छ।

स्थानीय तहको संरचना कार्यान्वयनमा आएपछि गाउँपालिकाको प्रशासनिक कामकाज, विभिन्न शाखा तथा सेवाग्राहीको बढ्दो चाप व्यवस्थापनका लागि पर्याप्त भौतिक पूर्वाधारको आवश्यकता महसुस हुँदै आएको थियो। सोही आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको भवनबाट गाउँपालिकाका दैनिक प्रशासनिक तथा विकाससम्बन्धी कामलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।

उद्घाटन कार्यक्रममा अध्यक्ष राईले प्रशासनिक भवन केवल कार्यालय सञ्चालन गर्ने भौतिक संरचना मात्र नभई नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो।

उहाँले स्थानीय सरकारको मुख्य जिम्मेवारी नागरिकलाई छिटो, छरितो, पारदर्शी र सहज रूपमा सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै नयाँ भवनसँगै सेवा प्रवाहको गुणस्तरमा समेत सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो।

“भवन निर्माण सम्पन्न हुनु आफैंमा उपलब्धि हो। तर यसको वास्तविक महत्व नागरिकले यहाँबाट पाउने सेवामा देखिनुपर्छ,” अध्यक्ष राईले भन्नुभयो। उहाँले भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै नयाँ संरचनाको सदुपयोगमार्फत नागरिकका अपेक्षा पूरा गर्ने दिशामा गाउँपालिका केन्द्रित हुने बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले स्वागत मन्तव्य राख्दै प्रशासनिक भवन निर्माणसँगै कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक वातावरण तयार भएको बताउनुभयो। व्यवस्थित कार्यालय संरचनाले कर्मचारीलाई जिम्मेवारीअनुसार काम गर्न सहज बनाउनुका साथै सेवाग्राहीलाई पनि सेवा लिन अनुकूल वातावरण तयार गर्ने उहाँको भनाइ थियो।

उहाँले नयाँ भवनमा शाखा तथा प्रशासनिक कार्यहरूलाई व्यवस्थित गर्दै नागरिकलाई सेवा लिन सहज हुने गरी कार्यालय व्यवस्थापन गरिने बताउनुभयो। साथै सेवा प्रवाहमा प्रविधिको प्रयोग, अभिलेख व्यवस्थापन तथा शाखाहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।

वडा नम्बर २ का वडाध्यक्ष अशोक सुब्बाले नयाँ प्रशासनिक भवन गाउँपालिकाको शान र मौलिकता झल्काउने संरचना भएको बताउनुभयो। उहाँले भवनले गाउँपालिकाबाट हुने काम तथा सेवाप्रवाहलाई अझ चुस्त, दुरुस्त र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

भवन निर्माणका क्रममा विभिन्न किसिमका टीकाटिप्पणी भए पनि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको दृढ संकल्प र अठोटका कारण भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष सुब्बाले उल्लेख गर्नुभयो। पुरानो भवनमा पानी चुहिनेलगायतका समस्या भोग्नुपर्ने अवस्था अब हटेको भन्दै उहाँले भवन निर्माणमा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो।

नवनिर्मित भवनको प्राविधिक पक्षबारे गाउँपालिकाका इन्जिनियर सागर यादवले भवन निर्धारित प्राविधिक मापदण्डअनुसार निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्रशासनिक भवन चार तलाको रहेको छ। भवनमा भुइँ तलामा ८, पहिलो तलामा ८, दोस्रो तलामा ८ तथा माथिल्लो तलामा हलसहित २ कोठा गरी कुल २६ कोठा रहेका छन्।

उपलब्ध विवरणअनुसार प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको लागत अनुमान ९ करोड ३८ लाख ७४ हजार रुपैयाँ रहेको थियो। निर्माणका लागि सारा सृष्टि निर्माण सेवा प्रालि, धनकुटा–४, देब्रेबाससँग ६ करोड १ लाख ३९ हजार रुपैयाँ बराबरको सम्झौता गरिएको थियो।

सम्झौता रकममा संघीय सरकारको ६० प्रतिशत र कमल गाउँपालिकाको ४० प्रतिशत लागत सहभागिता रहेको छ। निर्माण सम्झौता २०८१ भदौ २६ गते भएको थियो भने सोही दिन कार्यादेश दिइएको थियो। निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८२ साउन २७ गते तोकिएको थियो।

उपलब्ध विवरणअनुसार भवन निर्माणमा हालसम्म करिब ५ करोड ५० लाख ६८ हजार रुपैयाँ भुक्तानी भएको छ।

नयाँ प्रशासनिक भवनमा गाउँपालिकाका विभिन्न शाखा तथा कार्यालय सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै प्रशासनिक केन्द्रबाट विभिन्न सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

चुनावी प्रतिबद्धतासँग जोडिएको उपलब्धि

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले २०७९ को स्थानीय तह निर्वाचनका क्रममा अघि सारेका प्रतिबद्धतामध्ये कमल गाउँपालिकाको प्रशासनिक भवन निर्माण र तोपगाछी क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई महत्वपूर्ण विषयका रूपमा अघि सारेको बताउँदै आउनुभएको छ।

२०७९ जेठ १२ गते अध्यक्षका रूपमा पदभार ग्रहण गर्नुभएका राई अहिले पनि कमल गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ भन्ने विवरण गाउँपालिकाको आधिकारिक अभिलेखमा रहेको छ।

प्रशासनिक भवन निर्माण सम्पन्न भई उद्घाटन हुनु र स्वास्थ्यतर्फ तोपगाछीस्थित स्वास्थ्य चौकीको स्तरोन्नति गरी बीमा कार्यक्रमसहित कमल नगर अस्पताल सञ्चालनमा आउनुलाई स्थानीय तहको पूर्वाधार तथा सेवा विस्तारसँग जोडेर हेरिएको छ।

विशेषगरी तोपगाछीमै प्रशासनिक संरचना र स्वास्थ्य सेवा दुवैलाई बलियो बनाउने योजनाले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सरकारी सेवा प्राप्त गर्ने आधार थप मजबुत बनाएको स्थानीय तहको भनाइ छ।

यसरी हेर्दा नवनिर्मित प्रशासनिक भवन केवल नयाँ कार्यालय भवनको उद्घाटन मात्र नभई कमल गाउँपालिकाको संस्थागत पूर्वाधार निर्माण र स्थानीय सेवा विस्तारको एउटा महत्वपूर्ण चरण पूरा भएको दिनका रूपमा स्थापित भएको छ।

अब नयाँ भवनबाट नागरिकले कति सहज, छिटो, पारदर्शी र प्रभावकारी सेवा पाउँछन् भन्ने विषयले यसको उपलब्धताको वास्तविक अर्थ निर्धारण गर्नेछ।

दमक– झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शुक्रबार दमकस्थित कसमिक पार्टी प्यालेसमा सम्पन्न भएको छ।

झापा र मोरङका विभिन्न चार स्थानमा रहेका संस्थाका सेवा केन्द्रहरूलाई एकीकृत गरी साधारणसभा सम्पन्न गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष सञ्जीव रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो।

साधारणसभामा अध्यक्ष बुद्धिसागर बराल ‘बिमल’ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनअनुसार संस्थाको हालको बचत ९३ करोड रुपैयाँभन्दा बढी रहेको छ। चालू आर्थिक वर्ष २०८३/८४ मा बचतलाई वृद्धि गरी १ अर्ब १५ करोड रुपैयाँ पुर्याडउने लक्ष्य संस्थाले लिएको छ।

त्यस्तै, संस्थाले हाल ९६ करोड रुपैयाँभन्दा बढी लगानी गरेको जनाए
को छ। चालू आर्थिक वर्षमा लगानीलाई बढाएर १ अर्ब २६ करोड रुपैयाँ पुर्यािउने लक्ष्य राखिएको अध्यक्ष बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको शेयर पुँजी हाल १० करोड ९३ लाख रुपैयाँ रहेकोमा यसलाई वृद्धि गरी १३ करोड रुपैयाँ पुर्या्उने लक्ष्यसमेत लिइएको छ।

कार्यक्रममा ज्येष्ठ सदस्य तथा पूर्वसञ्चालक तुलसीराम पार्सीको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथिको मन्तव्य राख्दै पार्सीले संस्थालाई ऋणमुक्त र सबल सहकारीका रूपमा अघि बढाउन सबै सदस्यले बचत गर्ने बानीलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले कोरोना महामारीको विषम परिस्थितिमा समेत संस्थाले आफ्नो सेवा तथा गतिविधिलाई निरन्तरता दिएको स्मरण गर्नुभयो।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपाल गुरागाईंले स्वागत मन्तव्य राख्दै स्वर्णलक्ष्मी सहकारीले स्थानीय आर्थिक गतिविधि तथा उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यारउँदै आएको बताउनुभयो।

संस्थाले लगानी गरेको रकमको असुलीलाई प्रभावकारी बनाउन प्रचलित कानुनी प्रावधानको पूर्ण पालना गर्ने जनाएको छ। ऋण असुलीलाई प्रभावकारी बनाउन कर्मचारीसहित सञ्चालकहरूको विशेष समिति परिचालन गर्ने योजना संस्थाले अघि सारेको छ।

साधारणसभाका क्रममा संस्थाले उत्कृष्ट कर्मचारी, पूर्वसञ्चालक, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मानसमेत गरेको थियो। सोही क्रममा दमकका सक्रिय युवा पत्रकार सुजन गौतमलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बुद्धिसागर बरालले गर्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।