२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

दमक। भाषा, साहित्य, कला, संस्कृति र संगीतको माध्यमबाट मानवियता र मन जोड्ने उद्देश्यसहित झापाको दमकमा भोलिदेखि बृहत् उत्सव सुरु हुने भएको छ।

नाता फाउन्डेसनको आयोजनामा कात्तिक भोली बिहिबार देखि १५ गते शनिबारसम्म दमकस्थित मातृभूमि पार्टी प्यालेसमा विभिन्न कार्यक्रम सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष जितेन साम्पाङले जानकारी दिए।

महोत्सवमा कला प्रदर्शनी, दमक साहित्य महोत्सव, कला कार्यशाला तथा संगीत महोत्सवसहितका कार्यक्रम समावेश गरिनेछन्। भाषा, साहित्य, कला, संस्कृति र सिर्जनात्मक उद्यमलाई एउटै मञ्चमा जोड्दै स्थानीय प्रतिभा, सर्जक तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

“कलामा सिर्जना सोच्नेछौँ, साहित्यमा सम्भावना बोक्नेछौँ र संगीतमा राष्ट्रको भविष्य खोज्नेछौँ,” साहित्यकार प्रकाश बुढाथोकीले भने, “हामी मानवियता र मन जोड्ने काम गर्न खोजिरहेका छौँ।” साम्पाङले भने ।

उनका अनुसार उत्सवमा लोपोन्मुख जातजातिका मौलिक भेषभूषा तथा नाचसमेत प्रदर्शन गरिनेछ। यसले विविध जातजातिको पहिचान, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

दमक भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा परिचित ठाउँ हो। यहाँ नियमित साहित्यिक गोष्ठी, वैचारिक विमर्श तथा ठूला साहित्यिक महोत्सव हुँदै आएका छन्। यसै परम्परालाई थप विस्तार गर्दै सिर्जना, सम्भावना र उद्यमशीलतालाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको आयोजक सस्थाका सल्लाहकार जितेन मुस्कानले बताए ।

बुढाथोकीले यो कार्यक्रम एउटा ठूलो उत्सव बन्ने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति र सिर्जनासँग जोड्न तथा सरकारी सरोकारवाला निकायलाई समेत भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका नयाँ अभ्यास सिक्ने अवसर दिन सक्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।