२०८३ मंसिर १ सोमबार
२०८३ मंसिर १ सोमबार

दमक । सामाजिक सेवामा सक्रिय रहँदै आएको संस्था पहिलो पाइला नेपालले छठ पर्वको अवसरमा दमक–१ स्थित रतुवा खोलामा छठ पूजा गर्न तथा अवलोकन गर्न आउने भक्तजनहरूलाई निःशुल्क चिया वितरण गरेको छ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि आपसी सद्भाव, भाइचारा र सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै निःशुल्क चिया वितरण कार्यक्रम सञ्चालन गरिएको संस्थाकी सचिव पूजा दाहालले बताइन्।

संस्थाका अध्यक्ष राजु निरौलाको नेतृत्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार गणेश प्रधान, महेश घिमिरे, पूर्वअध्यक्ष सुरेश बराल, कमल शाखा सचिव दीपेन्द्र खतिवडा, गौरादह सचिव प्रदीप धमला जुनु रेग्मी ,गायतको उपस्थिति रहेको थियो।

छठ पर्व मनाउन तथा पूजा अवलोकन गर्न आएका भक्तजनहरूले संस्थाको सामाजिक कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए। यसैगरी छठ पूजा समितिका सचिव पुजन चौधरीले भक्तजनलाई लक्षित गरी निःशुल्क चिया वितरण गरेकोमा पहिलो पाइला नेपालप्रति आभार व्यक्त गरेका थिए।

सामाजिक उत्तरदायित्व, धार्मिक सहिष्णुता र मानवीय सेवाको भावनालाई जोड्दै संस्थाले पर्व तथा विभिन्न अवसरमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।

कमल / जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक तथा मानवीय सेवासँग जोड्दै झापा कमल ६ का युवा भीम पौडेलले उदाहरणीय कार्य गरेका छन् ।

पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर कमल गाउँपालिकाका अति विपन्न तथा समस्यामा परेका चार परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् । उनले कमल गाउँपालिका–६ निवासी एकल महिला तथा प्यारालाइसिसबाट प्रभावित सिजा दर्नाल, चुड्के मुर्मु
राम ग्वाल र
अमन यादबको परिवारलाई चामल नुन तेल सहित सामग्री सहयोग गरेका हुन् ।

व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दुःख र अभावमा रहेका परिवारलाई केही राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको पौडेलले बताउनुभयो।

यस प्रकारको सामाजिक कार्यले समस्यामा रहेका परिवारको जीवनमा केही राहत र खुसी थप्नुका साथै अरूलाई पनि मानवीय सेवामा प्रेरित गर्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले बताउनुभयो। उहाँले व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोड्ने पौडेलको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा लायन्स क्लब इन्टर नेशन ३२५ सीका गभर्नर लीला चिमरिया,

बाणिज्य संघका अध्यक्ष गुरागाईं , पहिलो पाइला नेपालका सल्लाहकार गणेश प्रधान, विवेक बजगाईं, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, कमल शाखाका अध्यक्ष सञ्जु निरौला,युवराज भट्टराई, लायन्सकर्मी तथा पहिलो पाइला नेपाल कमल शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

जन्मदिनमा गरिने खर्च र उत्सवलाई असहाय, विपन्न तथा समस्यामा परेका व्यक्तिको सहयोगमा रूपान्तरण गर्ने यस्तो अभ्यासले समाजमा मानवीय संवेदना, परोपकार र सामाजिक उत्तरदायित्वको संस्कार विकास गर्न सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हल्दिबारी ।आफ्नो प्रतिभामार्फत हल्दिबारीको पहिचान स्थापित गर्ने यात्रामा रहेकी गायिका सुशिला हस्दालाई ढडुवा युवा क्लब परिवारले आर्थिक सहयोग गर्दै हौसला प्रदान गरेको छ।

कोशी डान्सिङ एन्ड सिङ्गिङ आइडल सिजन–४ मा उत्कृष्ट २५ भित्र स्थान बनाउन सफल हल्दिबारी गाउँपालिका–४ निवासी हस्दालाई क्लबले कुल १४ हजार ३०५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। उक्त रकममध्ये क्लबको तर्फबाट ५ हजार रुपैयाँ र क्लबको अगुवाइमा विभिन्न व्यक्तिहरूबाट संकलित ९ हजार ३०५ रुपैयाँ रहेको छ।

क्लबका अध्यक्ष गोपाल न्यौपानेको संयोजकत्वमा हस्दाकै निवास पुगेको टोलीले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेको थियो। टोलीमा क्लबका सदस्यहरू ॐ भट्टराई, दिनेश मेचे, खड्ग बिष्ट तथा श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य अस्मिता मेयाङ्वोलगायतको उपस्थिति रहेको थियो।

हस्दाको प्रतिभा, मेहनत र सांगीतिक यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको क्लबका सचिव एवं युवा अभियानकर्मी अभिषेक खतिवडाले बताउनुभयो। उहाँका अनुसार हल्दिबारीको प्रतिनिधित्व गर्दै गायन क्षेत्रमा अघि बढिरहेकी प्रतिभालाई आवश्यक समयमा साथ दिनु क्लबको सामाजिक दायित्वसमेत हो।

उहाँले भन्नुभयो, “सुशिला बहिनीले आफ्नो प्रतिभामार्फत हल्दिबारीलाई चिनाउने प्रयास गरिरहनुभएको छ। उहाँको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई हाम्रो गाउँ, समाज र क्षेत्रको गौरवसँग पनि जोडिएको छ। यस्तो प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने समयमा हामी चुप लागेर बस्न उचित ठानेनौँ। त्यसैले क्लबको अगुवाइमा सहयोग संकलन गरी उहाँकै निवासमा पुगेर हस्तान्तरण गरेका हौँ।”

क्लबका अध्यक्ष गोपाल न्यौपानेले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। सहयोग प्राप्त गरेपछि गायिका हस्दाले ढडुवा युवा क्लब परिवारले आफ्नो कला, प्रतिभा र सांगीतिक यात्राप्रति देखाएको माया, सद्भाव र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै कृतज्ञता प्रकट गर्नुभएको थियो।

पछिल्लो समय ढडुवा युवा क्लब परिवार समाज रूपान्तरणका अभियान, सामाजिक सचेतना, स्थानीय प्रतिभाको पहिचान तथा प्रोत्साहन, आर्थिक सहयोग हस्तान्तरण र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न गतिविधिमा सक्रियतापूर्वक अघि बढिरहेको छ। समुदायका आवश्यकता र समस्यालाई आत्मसात् गर्दै मानवीय सहयोग, सामाजिक एकता र सकारात्मक परिवर्तनका लागि क्लबले निरन्तर अग्रसरता देखाउँदै आएको छ।

क्लबको यस पहलले स्थानीय प्रतिभाको सफलतामा समुदायको साथ, सहयोग र सद्भाव कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ। प्रतिभा पहिचान गर्ने मात्र होइन, उनीहरूको यात्रामा आवश्यक साथ र हौसला प्रदान गर्ने संस्कारको विकास गर्नु नै सामाजिक उत्तरदायित्वको सुन्दर अभ्यास हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।