कमल नगर अस्पतालमा अत्याधुनिक दन्त सेवा निरन्तर, सेवाग्राही सन्तुष्ट

कमल, १ कार्तिक — कमल गाउँपालिका–२ तोपगाछीस्थित कमल नगर अस्पतालमा आइतबार पनि नियमित रूपमा दन्त सेवा निरन्तर रूपमा सञ्चालन गरिएको छ।

दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका विशेषज्ञ चिकित्सकहरूको टोलीले अस्पतालमा पुगेर निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरेको हो। दन्त परीक्षण, गिजा सम्बन्धी समस्या पहिचान, डेन्टल एक्स–रे तथा नन–सर्जिकल दाँत खोल्ने जस्ता सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

स्थानीय सेवाग्राही दिवस खतिवडाले आफ्नी छोरीको उपचारका लागि अस्पताल पुगेका थिए। सेवा लिएपछि उनले गाउँमै गुणस्तरीय दन्त सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसलाई ‘प्रशंसनीय पहल’ भनेका छन्।

हालै अस्पतालमा अत्याधुनिक दन्त चेयर जडान गरिएपछि बिरामीको संख्या र सेवाप्रतिको सन्तुष्टि दुवै बढेको अस्पताल प्रशासनले जनाएको छ।

सो सेवामा डा. सिपी गैरे, हेमराज गैरे र डा. सायरा ढकालसहितको प्राविधिक टोलीले नियमित रूपमा सेवा प्रदान गर्दै आएको छ।

दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यो सेवा प्रत्येक आइतबार र बिहीबार उपलब्ध गराइन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *