दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

भदौ १४, दमक / झापाको दमकमा डिपीएल नेपाल र गार्जियन बोर्डबीच संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा डिपीएल नेपालले अर्धवार्षिक शाखा रिपोर्टिङ प्रस्तुत गर्दै संस्थाका गतिविधिलाई अझ सशक्त बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो।

 

बैठकमा डिपीएल नेपालका वरिष्ठ उपाध्यक्ष दिवस खतिवडाले डिपीएल मातहतका शाखाहरूको गतिविधि र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। सो अवसरमा डिपीएल नेपालकी अध्यक्ष अनु आचार्य भण्डारीले संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने रणनीतिबारे जानकारी दिनुभयो।

 

त्यसैगरी, डिपीएल नेपालका संस्थापक अध्यक्ष बिनोद उप्रेती र डिपीएल २०२३ का अध्यक्ष हेमन्त नेपालले डिपीएल कमलद्वारा सञ्चालित ओम शान्ति डेन्टल हस्पिटल भित्र रहेको बुक कर्नरमा पुस्तक हस्तान्तरण गर्दै अवलोकन समेत गर्नुभएको डिपीएल नेपालका उपाध्यक्ष कमल गैरेले जानकारी दिनुभयो ।

 

बैठकमा गार्जियन बोर्डका महासचिव देवेन्द्र परसाईले सञ्चालन गर्नुभएको कार्यक्रम डिपीएलका संस्थापक अध्यक्ष भेसराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *