दमकमा नगर प्रहरीले फूटपातबाट सामान हटायो

दमक , भदौ १३ / दमक नगरपालिकाको नगर प्रहरी बलले शुक्रबार बिहान नयाँ सब्जी बजार क्षेत्रमा फूटपातमा राखिएका सामान हटाएको छ।

 

नगर प्रहरीले बारम्बार सूचना पत्राचार गरे पनि व्यवसायीहरूले अटेर गर्दै फूटपातमा सामान राखिरहेपछि कारबाहीस्वरूप सबै सामान हटाइएको हो। सेवाग्राहीहरू सहज रूपमा हिँड्न सकून् भन्ने उद्देश्यका साथ फूटपात सफा गरिएको नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीले जानकारी दिनुभयो।

 

दमक नगरपालिकाले सडक र सार्वजनिक स्थानलाई व्यवस्थित गर्न निरन्तर अभियान सञ्चालन गर्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *