निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वैशाख १६, दमक / झापाको दमकबाट प्रकाशन हुँदै आएको निष्कर्ष न्यूज साप्ताहिकले सातौं वार्षिकोत्सवको अवसरमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ। बुधबार पत्रिकाको टिमले दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयमा पुगेर उक्त सहयोग प्रदान गरेको हो।

सुशिला पौडेल प्रकाशक/प्रधान सम्पादक रहेको सो पत्रिकाको सञ्चालक समूहका तर्फबाट कार्यकारी सम्पादक बिष्णु पौडेल र राजु निरौलाले दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलालाई शैक्षिक सामग्री (कपी, कलम र पेन्सिल) हस्तान्तरण गरेका हुन्।

सो अवसरमा कार्यकारी सम्पादक पौडेलले विपन्न विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदै गर्दा उक्त सहयोग प्रदान गरिएको बताए। वडाध्यक्ष गुरुङ र प्रधानाध्यापक निरौलाले सो कार्यको प्रशंसा गर्दै सामुदायिक विद्यालयमा यस किसिमका सहयोगले शैक्षिक गुणस्तर अभिवृद्धिमा ठूलो राहत मिल्ने उल्लेख गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *