२०८३ श्रावण ४ सोमबार
२०८३ श्रावण ४ सोमबार

बराह टोल विकास संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

साउन ३, दमक / झापाको दमक नगरपालिका–७ स्थित बराह टोल विकास संस्थाको तेस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभा दमक–७ मा रहेको पौडेल बन्धु प्रतिष्ठानको भवनमा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष भगवती पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिका–७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले दमक–७ का टोलहरूलाई थप व्यवस्थित बनाउँदै विकासका योजनाहरू अघि बढाइने बताउनुभयो। टोल व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा कार्यालयबाट आवश्यक आर्थिक तथा अन्य सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारको भूमिका भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरही शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउँदै वडा नम्बर ७ कार्यालयले आवश्यक परेका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

साधारणसभाको अवसरमा संस्थाले दुई जना ज्येष्ठ नागरिक तथा संस्थाको निरन्तर सहयोग गर्दै आएका व्यक्तिहरूलाई सम्मान गरेको थियो। साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा पूर्ण भगवती पौडेल चयन हुनुभएको छ भने उपाध्यक्षमा तुलसा दाहाल, सचिवमा सरस्वती शर्मा, सह–सचिवमा शारदा भण्डारी र कोषाध्यक्षमा राधा रेग्मी चयन हुनुभएको संस्थाकी सचिव सरस्वती शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा वडा सदस्य इन्दु पौडेल सहित विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सरस्वती शर्माले गर्नुभएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।