Tuesday, June 16, 2026
ताजा अपडेट कमल गाउँपालिका स्वास्थ्य शाखा विभागको जनहितमा जारी सूचना ! • दमकमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप २०२६ सुरु
home होम chevron_right खेलकुद मुख्य-समाचार हाम्रो दमक chevron_right दमकमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप २०२६ सुरु

दमकमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप २०२६ सुरु

Sujan Gautam काठमाडौं
calendar_today 15 June 2026

असार १, दमक / झापाको दमकस्थित कामक्ष्या होटलमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल (चेस) च्याम्पियनसिप २०२६ सुरु भएको छ। प्रदेश खेलकुद विकास बोर्ड र झापा जिल्ला चेस सङ्घको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगिता जेठ ३१ गतेदेखि असार ५ गतेसम्म चल्नेछ।

झापा जिल्ला चेस सङ्घका अध्यक्ष तथा पूर्व राष्ट्रिय च्याम्पियन भूपेन्द्र निरौलाका अनुसार प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव बिप्लव घोषले गरेका थिए भने उद्घाटन समारोहमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको विशेष आतिथ्यता रहेको थियो।

प्रतियोगितामा वर्तमान नेपालका शीर्ष तीन खेलाडी तथा राष्ट्रिय ‘बी’ बाट छनोट भएका शीर्ष नौ खेलाडीसहित १२ राष्ट्रिय खेलाडीबीच ११ चरणको राउण्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामार्फत खेलाडीहरूको राष्ट्रिय वरियता निर्धारण गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका शीर्ष चार खेलाडी तथा वर्तमान राष्ट्रिय विजेता गरी पुरुष र महिला दुवै विधाका पाँच–पाँच खेलाडी आगामी सेप्टेम्बरमा आयोजना हुने ४६औँ चेस ओलम्पियाडका लागि नेपाली टोलीमा छनोट हुनेछन्।

चेस खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई यातायात खर्च, आवास सुविधा तथा कुल २ लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।
कार्यक्रम सञ्चालनका लागि प्रदेश खेलकुद विकास बोर्ड र दमक नगरपालिकाले आर्थिक सहयोग गरेका छन्। प्रतियोगिताले राष्ट्रियस्तरमा चेस खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार