सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

वैशाख २४, दमक / सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल ले यस शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को पठनपाठन पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। विद्यालयले विशेषगरी होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयलाई प्राथमिकतामा राख्दै अध्ययन सुरु गरेको जनाएको छ। उच्च माध्यमिक तहका विद्यार्थीलाई गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयले भौतिक पूर्वाधारमा समेत थप लगानी गरेको जनाएको छ। विद्यालयका अनुसार + 2 का सबै कक्षाकोठा एसी जडानसहित फुली फर्निसड बनाइएका छन्।

प्रयोगात्मक तथा सीपमूलक शिक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक कुलिनरी ल्याब, कम्प्युटर ल्याब र साइन्स ल्याबको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक नवीन योगीले जानकारी दिनुभएको छ। साथै विद्यार्थीको सुरक्षा र नियमित हाजिरी व्यवस्थापनका लागि RFID कार्ड तथा विद्यालयको आफ्नै मोबाइल एप सञ्चालनमा ल्याइएको छ।

यस प्रणालीमार्फत विद्यार्थी विद्यालय प्रवेश तथा बाहिरिनेबित्तिकै अभिभावकले मोबाइलमा तत्काल जानकारी प्राप्त गर्ने व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका प्रिन्सिपल नबिन योगी ले विद्यालयलाई ‘सिक्ने स्कुल’ का रूपमा विकास गर्दै विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी सीप सिकाउने लक्ष्यका साथ थप सुविधा विस्तार गरिएको बताउनुभयो। विद्यालयले विद्यार्थीका नर्सिङ सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *