• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ ०८, २०८२
बुधबार, माघ ०८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लोकप्रिय समाचार

  • १. राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

  • २. दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

  • ३. दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

  • ५. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ६. कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

  • ७. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ८. दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

  • ९. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • १०. गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

गौरादह नगर उप–प्रमुखलाई सामाजिक सञ्जालले भ्रामक समाचारबाट कोरिया–डेन्मार्क घुमाइदियो !

शीतल अधिकारी – साउन २७ / गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंशी चौधरीले नेपाल स्काउटमार्फत दक्षिण कोरिया भ्रमण गरी नेपाल स्काउटको रकम नतिरेको दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।तर हाम्रो तथ्य जाँचमा उक्त दाबी पूर्णतः भ्रामक रहेको पाइएको छ । उपमेयर राजवंशीले कोरिया भ्रमण गरेको कुनै प्रमाण छैन, तर फरक सन्दर्भमा साइप्रस भ्रमण गरेको भने पुष्टि हुन्छ ।

के हो दावी ?
राष्ट्रिय समाचार एजेन्सी न्युज २४ का पत्रकार राजिब खत्रीले २०८२ श्रावण २६ गते बेलुका ४:३१ मा पोष्ट सार्वजनिक गर्दै एमाले नेता महेश बस्नेतले राष्ट्रीय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालको सुमेरू टुर एण्ड ट्राभल मार्फत नेपाल स्काउटबाट भिजिट भिषामा कोरिया र डेनमार्क पुगेका केहि व्यक्ती उतै लुकेको र सोहि कार्यक्रममा कोरिया पुगेको तर नेपाल स्काउटको रकम तिर्न बाँकी रहेको भनी उपप्रमुख राजवंशी सहित अन्य ३ जना जनप्रतिनिधिको नाम सार्वजनिक गरी पैसा नतिरेको दाबी गरिएको छ । यो दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसमा उनको नाम कोरिया र डेनमार्क प्रकरणसँग जोडिएको छ ।

उदाहरणका लागि, फेसबुकमा केही पोस्टहरूमा उनलाई ‘स्काउटको कोरिया कार्यक्रममा गएर पैसा नतिरेको’ भन्दै सूची सार्वजनिक गरिएको छ ।
हेर्नुस् स्क्रिनसट –

यो तथ्य जाँच तयार पार्दा सम्म यस पोस्टमा ८७०० हजार रियाक्ट र ११०० सेयरहरू देखिएका छन् । यसैगरी, अन्य सामाजिक सञ्जालमा पनि सोही दाबीसहित पोस्टहरू भेटिन्छन् ।
भाइरल विषय भएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ । के हो तथ्य ?

हामी यस विषयमा उपमेयर जलवर्षा राजवंशीलाई प्रश्न गर्दा यो आरोपलाई पूर्णतः खण्डन गर्दै स्पष्ट पारेकी छन्, उनको अनुसार हाल सम्म उनी दक्षिण कोरिया कहिल्यै नगएको उनको दावी छ । उनको भनाइअनुसार, निर्वाचित भएपछि उनी नेपाल स्काउटको कार्यक्रममा सहभागी हुन साइप्रस गएकी थिइन्, जुन २०२३ मा भएको ३८औँ WAGGGS विश्व सम्मेलन थियो । यो सम्मेलन युरोपियन युनिभर्सिटी साइप्रसमा आयोजित भएको थियो ।

हामीले यो दावीलाई पुष्टि गर्न 38th WAGGGS विश्व सम्मेलनको विवरणहरु खोज्दै जाँदा नेपाल स्काउटको आधिकारिक इन्स्टाग्राम आईडीबाट २०८० साउन १२, शुक्रवार पोष्ट गरिएको यी तस्बिरहरूमा देब्रे पट्टीको तेस्रो तस्बिरमा गौरादह नगरपालिका उप-प्रमुख जलबर्षा राजवंशी चौधरीलाई देख्न सकिन्छ l उक्त तस्बिरहरूमा सम्मेलनको बोर्डमा ‘38th WAGGGS World Conference CYPRUS 2023’ स्पष्ट देखिन्छ, जसमा स्काउट लोगो र नेपाली प्रतिनिधिहरू सहभागी छन् । तस्बिरहरूमा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी, माननीय सांसद सुनीता बराललाई समेत देख्न सकिन्छ l

यस विषयमा गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले पनि प्रतिक्रिया दिँदै भनेका छन्, “उपमेयर कोरिया वा डेनमार्क गएको मलाई थाहा छैन, किनकि स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमणका लागि नेपाल सरकारको मनोनयनपछि कार्यपालिकाको स्वीकृति अनिवार्य हुन्छ । यस्तो कुनै प्रस्ताव कार्यपालिकामा आएको नै छैन ।”

तथ्यः भ्रामक सूचना । दक्षिण कोरिया भ्रमण गरेको दाबी गर्दै फैलाइएको सूचना भ्रामक हो । उपमेयर राजवंशीले दक्षिण कोरिया भ्रमण गरेको छैनन् । उनी २०२३ मा साइप्रसमा भएको WAGGGS विश्व सम्मेलनमा सहभागी भएकी थिइन्, जसमा आर्थिक दायित्व पूरा भएको उनको दावी छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

लोकप्रिय

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

ताजा

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन
  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :