केर्खा, कार्तिक ९ / किराँत धर्मगूरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङमा सावाँ लिङ्देन २५ कार्तिक, मंगलबार झापाको केर्खा आउनुहुने भएको छ ।
कमल–३ केर्खास्थित फाल्गुनन्द टोलमा नवनिर्मित किराँत नियेङलुङ चोलुङ माङहिमको उद्घाटन गर्न र महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा अनाबरण गर्न धर्मगूरु आत्मानन्द लिङदेनसहित गुरुमा प्रविधा हाङ्मा केर्खा आउनुहनुे भएको हो ।आइतबार किरात नियेङलुङ चोलुङ माङहिम समितिले पत्रकार सम्मेलन गरेर सो कार्यक्रमसम्बन्धि जानकारी गराएको छ । १६औं राष्ट्रिय विभूती तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४१औं जन्मजयन्तीको अवसरमा सो कार्यक्रम हुने पत्रकार सम्मेलनमा माङहिम समितिका अध्यक्ष सूर्य प्रसाद लिम्बूले जानकारी दिनुभयो ।
माङहिम अध्यक्ष सूर्यप्रसाद लिम्बूका अनुसार झापाको कमल गाउँपालिकासहित इलाम र मोरङका विभिन्न स्थानहरुबाट १० हजार किरात धर्मलम्वीहरुको उपस्थितिमा नवनिर्मित माङहिम (मन्दिर) र फाल्गुनन्दको प्रतिमा अनाबरण कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा धर्मगुरु र गुरुमाको हस्तबाहुलीबाट भवन उद्घाटन र प्रतिमा अनाबरण हुने अध्यक्ष लिम्बूले पत्रकार सम्मेलनमा बताउनुभयो ।
स्वर्गीय बलबहादुर मेन्याङ्बो उपलब्ध गराउनुभएको चार कठ्ठा जमिनमा नौ तले माङहिम (मन्दिर) सहित व्यवस्थित यज्ञकुण्ड, सेवासावा (पुजारी) आवास भवन, भान्सा घर, सौचालय निर्माण भएको छ । २०७२ साल फाल्गुन २७ गते धर्मगुरु र गुरुमाले शिलन्यास गुर्नभएको माङहिम निर्माणकार्यमा रु एक करोड खर्च भएको छ ।
त्यस्तैं, माङहिम परिसरमा किरात धर्मका महागुरु, समाजसुधारक, नेपालको १६औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको पूर्णकद (नौ फिट) प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माणमा मात्रै २० लाख रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गारएको छ ।
सो कार्यक्रममा धार्मीक प्रवचतहरु पनि हुने भएको छ । धार्मीक तथा साँस्कृतिक भेषभूषा, पुजापाठ, गीत, नृत्य, खानपान लगायतका कार्यक्रम हुने सचिव नरबहादुर लिङ्देनले जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा माङहिम समितिका अध्यक्ष सूर्यप्रसाद लिम्बूको अध्यक्षतामा भएको थियो । सो अवसरमा किरात धर्म साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङ, माङहिम सचिव नरबहादुर लिङदेन, कोषाध्यक्ष लाखबहादुर माबो, माङहिम सदस्य बिष्णु केरुङ वेघा लगायतको उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा स्थानीय युवा अगुवा बसन्तराज योङहाङसहित स्थानीय पत्रकारहरुको ठूलो संख्यामा उपस्थिति थियो । कार्यक्रममाा सुमन केरुङले सहजिकरण गर्नुभएको थियो ।





