२०८३ असार २७ शनिबार
२०८३ असार २७ शनिबार

झापाको दमकमा छुरा प्रहारबाट एकजनाको मृत्यु

झापा, असार २६ । झापाको दमकमा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ ।दमक नगरपालिका २ हिमालय माध्यमिक विद्यालय छेउमा भारत लखनउ बस्ने अन्दाजी बर्ष ३५ का साहिल कान्त र सोही ठाउँ बस्ने मोहम्मद सोनु भन्ने सहवाज हुसेनबिच विवाद भएको थियो । विवादका क्रममा छुरा प्रहार हुँदा साहिल कान्तको घाँटीमा गम्भीर चोट लागेको थियो ।

घटनाबारे प्रहरीले आज बिहान ५;३० बजे खबर पाएको थियो । इलाका प्रहरी कार्यालय दमकवाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारको क्रमममा बिहान ६;३० बजे घाइतेको मृत्यु भएको हो । चक्कु प्रहार गर्नेको खोजतलास भइरहेको जनाइएको छ ।

उनीहरु भारतबाट आएर दमकस्थित एनएमसी डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । बिहान ५ बजेतिर ठूलो आवाज आएपछि हेर्न जाँदा घरधनीले साहिल कान्तलाई रगताम्य फेला पारेका थिए। मादक पदार्थ सेवन गरी उनीहरुले विवाद गरेको जनाइएको छ ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।