दमक। तेजस् डेन्टल क्लिनिक, दमक–६ र ग्रेस इन्टरनेशनल दमकबीच एक वर्षका लागि समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।
सम्झौताअनुसार ग्रेस इन्टरनेशनल दमकमार्फत सेवा लिने सम्पूर्ण विद्यार्थीहरूले तेजस् डेन्टल क्लिनिकमा उपलब्ध सम्पूर्ण दन्त उपचार सेवामा एक वर्षसम्म २० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्।
उक्त सुविधा सम्झौता अवधिभर लागू रहनेछ। विद्यार्थीहरूले आवश्यक परिचयपत्र वा संस्थाले उपलब्ध गराएको सिफारिसका आधारमा उक्त छुट सुविधा लिन सक्ने जनाइएको छ।
दुवै संस्थाबीच भएको यस सहकार्यले विद्यार्थीहरूलाई गुणस्तरीय, विश्वासिलो र सहज दन्त स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
तेजस् डेन्टल क्लिनिकले यस महत्वपूर्ण सहकार्यका लागि ग्रेस इन्टरनेशनल दमक परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट दन्त स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ।






















