२०८३ श्रावण २७ बुधबार
२०८३ श्रावण २७ बुधबार

दमकमा ग्यासमा कालोबजारीको गुनासो आए कारबाही हुन्छ : DSP बस्नेत

दमक । दमकमा हालसम्म एलपी ग्यासको कालोबजारी भएको गुनासो नआएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख हरि बहादुर बस्नेत (DSP) ले बताएका छन्।

ग्यास अभावका विषयमा भएको छलफलका क्रममा बस्नेतले कालोबजारी गरेको पाइएमा कानुनी प्रक्रियाअनुसार मुद्दा चलाइने स्पष्ट पारे।

उनका अनुसार दमकमा कति परिमाणमा ग्यास भित्रिएको छ भन्ने विषयमा समेत प्रहरीले सूचना संकलन तथा अनुगमन गर्नेछ। ग्यासको वास्तविक आपूर्ति र वितरणको अवस्था बुझेर उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन प्रहरी सक्रिय रहने उनले बताए।

उनले ग्यास व्यवसायीलाई प्राप्त भएको ग्यास सहज रूपमा वितरण गर्न र उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरिएको बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।