२०८३ भाद्र ४ बिहीबार
२०८३ भाद्र ४ बिहीबार

दमकमा ‘ तेजस् डेन्टल क्लिनिक’ सञ्चालनमा, १९ वर्षको अनुभवपछि कमल गैरेले सुरु गरे आफ्नै क्लिनिक

दमक नगरपालिका–६ स्थित केडी कम्प्लेक्स भवनमा बिहीबारदेखि तेजस् डेन्टल क्लिनिक सञ्चालनमा आएको छ। दमक निवासी युवा कमल गैरेले दन्त क्षेत्रमा १९ वर्षको अनुभव हासिल गरेपछि आफ्नै क्लिनिक सञ्चालनमा ल्याउनुभएको हो।
क्लिनिकको उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका मेयर रामकुमार थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापालगायत विभिन्न संघ–संस्थाका पदाधिकारी, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर रामकुमार थापाले युवाले आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताउँदै व्यावसायिक सफलताको शुभकामना दिनुभयो। उहाँले व्यवसायीहरूलाई दमक नगरपालिकामा निरन्तर दर्ता तथा करको दायरामा आउनसमेत आग्रह गर्नुभयो।
तेजस् डेन्टल क्लिनिकमा दाँत तथा मुखसम्बन्धी परीक्षण र उपचारका साथै विशेषज्ञ चिकित्सकमार्फत विभिन्न दन्त उपचार सेवा उपलब्ध हुने जनाइएको छ। क्लिनिकमा अर्थोडोन्टिक्स, दाँत भर्ने, जरादेखि उपचार, दाँत निकाल्ने, इम्प्लान्ट, कृत्रिम दाँत तथा मुखसम्बन्धी शल्यक्रिया लगायतका सेवा उपलब्ध हुने बताइएको छ।
क्लिनिकले दैनिक बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सेवा प्रदान गर्ने जनाएको छ। स्थानीय क्षेत्रमा आधुनिक तथा सहज दन्त स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक गैरेले बताउनुभयो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।