२०८३ भाद्र ४ बिहीबार
२०८३ भाद्र ४ बिहीबार

दमकमा जीवनचक्र समाज नेपालको आठौं वार्षिकोत्सव सम्पन्न

जीवनचक्र समाज नेपालले आज दमकमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा गर्ने उदेश्यले झापाको दमकमा स्थापना भएको जीवनचक्र समाज नेपालले आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

विहिबार, दमकस्थित समाजको कार्यालयमा आयोजित समारेहमा दमकमा लामो समयदेखि पत्रकािरतामा क्रियाशिल एक जना पत्रकारसहित जीवनचक्र समाजको अभियानमा जोडिएर काम गर्ने तीन जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

समाजका अध्यक्ष गणेशप्रसाद गौतमको अध्यषतामा र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्व अध्यक्ष लीलाप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको समारोहमा पत्रकार यज्ञराज आङदम्बे (विष्णु सुब्बा) सम्मानपत्र र आस्था युनिटका तीन जना विद्यार्थीहरुलाई प्रशंषापत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो ।

सुब्बाले पत्रकारिताको माध्यमद्धारा जीवनचक्र समाजको अभियान र दमकको सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । त्यस्तैं, दमकस्थित आस्था कलेजमा जीवनचक्र समाजको आस्था युनिटमा रहेर महत्वपूर्ण योगदान पुर्याउने तीन जना विद्यार्थीहरुलाई प्रशंषापत्रले सम्मान गरिएको हो ।

समाजकी उपाध्यक्ष एबम् कार्यक्रम संयोजक विन्दु सिटौला (लक्की) ले स्वागत मन्तव्य राखेकी सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, पत्रकार अनिलदेब राई, कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश घिमिरे, सम्मानितहरुको तर्फबाट पत्रकार यज्ञराज आङदम्बे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सो कार्यक्रममा समाजका अध्यक्ष गौतमले संस्थाागत परिचयसहित समाजले आगामी गर्ने कार्यक्रमहरु र विगतमा भएका काम र योजनाहरुको समिक्षा तथा प्रगति विवरणहरु पेश गरेका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका पूर्व अध्यक्ष एबम् कवि प्रकाश बुडाथोकी, दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारी, दमक जेसीजका अध्यक्ष राजेन्द्रै बिमली, अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, आस्था कलेजका प्रिन्सिपल टेकबहादुर भण्डारी, डा.लेखनाथ न्यौापने, दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर आकाश थुलुङ राई, दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रवि न्यौपाने, दमक बहुमुखी क्याम्पसका प्राध्यापक बासुदेव काफले, सञ्चारकर्मीहरु सुजन गौतम, रेवतचन्द्र भण्डारी, नारायणचन्द्र राजवंशी, दमक प्राज्ञ प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारी, रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष सन्दिप चापागाई लगायतका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समाजका सचिव गणेश प्रधानले कार्यक्रममा सहजिकरण गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।