२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना सम्पन्न

कमल गाउँपालिका–५ पाडाजुँगीस्थित वनमारा क्याफेमा पहिलो पाइला नेपाल कमल शाखाको कार्यसमिति गठन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आयोजित कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई प्रमुख अतिथि तथा उपाध्यक्ष प्रमिला तिवारी विशेष अतिथि रहनुभएको थियो। कार्यक्रम शाखा अध्यक्ष सञ्जु निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले पहिलो पाइला नेपालले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै कमल शाखाको स्थापनाले स्थानीयस्तरमा सामाजिक अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक संस्थासँग सहकार्य गर्न स्थानीय सरकार सदैव तयार रहेको बताउनुभयो।
शाखा अध्यक्ष सञ्जु निरौलाले पहिलो पाइला नेपाल केवल फोटो खिच्ने र खिचाउने संस्था नभई समाजमा रहेका विकृति, विसंगति र बेथितिविरुद्ध आवाज उठाउने तथा सकारात्मक परिवर्तनका लागि काम गर्ने संस्था भएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, वातावरण र मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, पहिलो पाइला नेपालका केन्द्रीय महासचिव मिलन लुइँटेल, सचिव दिवस खतिवडा, लायन्स क्लब कमलका प्रमुख भुवन निधि, वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारी, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
निर्वाचन संयोजक खेम सापकोटाका अनुसार सञ्जु निरौलाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा कुमार पराजुली, सचिवमा दिपेन्द्र खतिवडा चयन हुनुभएको छ।
कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापना गर्नुका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।