२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

दमक ध्रुवतारा स्पोर्टिङ क्लबद्वारा इलाका प्रहरी कार्यालयलाई पार्किङ टहरा हस्तान्तरण

दमक । जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको दमकस्थित इलाका प्रहरी कार्यालयको सवारीसाधन पार्किङ व्यवस्थापनका लागि दमक ध्रुवतारा स्पोर्टिङ क्लबले टहरा निर्माण गरी हस्तान्तरण गरेको छ।

क्लबले आफ्नो लोगोमा अंकित मूल नारा ‘Never Think Alone…’ लाई सार्थक बनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख ६५ हजार रुपैयाँको लागतमा टहरा निर्माण गरेको हो।

आज आयोजित संक्षिप्त कार्यक्रममा क्लबका पदाधिकारीहरूले उक्त टहरा इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका हुन्। टहरा हस्तान्तरण कार्यक्रममा प्रहरीले क्लबको सहयोगप्रति आभार व्यक्त गरेको थियो।

दमक ध्रुवतारा स्पोर्टिङ क्लबले खेलकुदसँगै विभिन्न सामाजिक तथा सामुदायिक कार्यमा समेत सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।