२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

डिपीएल नेपालको पूर्व क्षेत्रीय सम्मेलन उर्लाबारीमा सम्पन्न

उर्लाबारी — डाइनामिक पब्लिक लाइब्रेरी (डिपीएल) नेपालको पूर्व क्षेत्रीय सम्मेलन शुक्रबार उर्लाबारीमा सम्पन्न भएको छ। डिपीएल नेपालको आयोजना तथा डिपीएल उर्लाबारीको आतिथ्यतामा उर्लाबारी पार्टी प्यालेसमा सम्मेलन सम्पन्न भएको हो।

डिपीएल नेपालका अध्यक्ष दिवस खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उर्लाबारी नगरपालिकाकी कार्यवाहक नगरप्रमुख तथा उपप्रमुख मिना कुमारी खतिवडा पौड्याल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा डिपीएलका संस्थापक अध्यक्ष भेषराज न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन डिपीएल नेपालका महासचिव कमलप्रसाद गिरीले गर्नुभएको थियो।

सम्मेलनमा पूर्व क्षेत्रमा रहेका बिर्तामोडदेखि पश्चिमतर्फ जनकपुरधामसम्मका डिपीएल नेपालका विभिन्न शाखाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शाखाहरूबीचको सहकार्य, संस्थागत विकास, पठन संस्कृतिको प्रवर्द्धन तथा आगामी दिनमा डिपीएलका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा सम्मेलन केन्द्रित रहेको थियो।

सम्मेलनले डिपीएल नेपालअन्तर्गतका शाखाहरूबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै संस्थाको उद्देश्य प्राप्तिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।