२०८३ आश्विन १७ शनिबार
२०८३ आश्विन १७ शनिबार

दमक भेट्रान निलोको विजयी सुरुवात, जदालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

दमक । दमकमा बिहीबारदेखि कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा आयोजक दमक भेट्रान निलोले दमक भेट्रान जदालाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलमा दमक भेट्रान निलोका तर्फबाट खेलको १०औँ मिनेटमा जर्सी नम्बर ११ का गंगा लिम्बूले पहिलो गोल गरेका थिए। लगत्तै ११ मिनेटमा जर्सी नम्बर १० का जगेस चौधरीले गोल गर्दै दमक भेट्रान जदालाई खेलमा फर्काएका थिए।
त्यसपछि दमक भेट्रान निलोका जर्सी नम्बर १० का हरि शर्माले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। हाफ टाइमपछि थपिएको समयको अन्तिम मिनेटमा शर्माले व्यक्तिगत दोस्रो गोल गरेपछि दमक भेट्रान निलो ३–१ ले विजयी भएको हो।
यो जितसँगै दमक भेट्रान निलो प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड भेट्रान सँग अब गत १७ गते भिड्ने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ। उद्घाटन समारोहमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
प्रतियोगिताका खेलहरू २५–२५ मिनेट गरी कुल ५० मिनेटको हुने रेफ्री इजु तामाङले जानकारी दिए।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।