२०८३ कार्तिक २९ शनिबार
२०८३ कार्तिक २९ शनिबार

दमककी ६ वर्षीया एन्जिलिका आँखाको क्यान्सरबाट पीडित, आर्थिक अभावले उपचारमा समस्या

झापाको दमकमा ६ वर्षीया बालिका एन्जिलिका लिम्बु आँखाको ट्युमर क्यान्सरबाट पीडित बनेकी छन्। समयमै उपचार गर्नुपर्ने भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या भइरहेको छ।

दमक नगरपालिका–१ स्थित डी टाउन नजिकै मामा चोक–हिमालय माध्यमिक विद्यालय जाने सडकमा भाडाको कोठामा बस्दै आएका दीपक लिम्बु र सुमित्रा राईकी छोरी एन्जिलिकाको आँखामा दुई महिनाअघि सानो फोकाजस्तो देखिएको थियो। सुरुमा सामान्य समस्या ठाने पनि परीक्षणका क्रममा आँखामा ट्युमर देखिएको र पछि क्यान्सर भएको चिकित्सकले पुष्टि गरेको परिवारले जनाएको छ।

छोरीको उपचारका लागि बिर्तामोड र भद्रपुरका विभिन्न अस्पताल पुर्‍याउँदा परिवारले आफ्नो भएको सम्पत्तिसमेत खर्च गरिसकेको आमा सुमित्रा राईले बताइन्। तर, उपचार अझै पूरा नभएकाले थप ठूलो रकम आवश्यक परेको उनको भनाइ छ।

पेसाले मिस्त्री रहेका एन्जिलिकाका बुबा दीपकको दैनिक ज्यालाबाट घरखर्च चलाउनै मुस्किल छ। आमा सुमित्रा भने छोरीको हेरचाहमा घरमै बस्दै आएकी छन्। तीन वर्षका भाइसमेत रहेकी एन्जिलिका अहिले उपचारको पर्खाइमा छिन्।

कलिलो उमेरमै गम्भीर रोगसँग जुधिरहेकी एन्जिलिकालाई समयमै थप उपचार गराउन परिवारले सहयोगको अपेक्षा गरेको छ। आर्थिक अभावका कारण बालिकाको उपचार प्रभावित भइरहेकाले सहयोगी मन र संघसंस्थाको साथ आवश्यक देखिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।