Author: Multi Media

  • दमकमा साउन महिनामा ४०० सवारीसाधन कारबाही, ३ लाख ४० हजार बढी राजस्व संकलन

    दमकमा साउन महिनामा ४०० सवारीसाधन कारबाही, ३ लाख ४० हजार बढी राजस्व संकलन

    भदौ ९, दमक —ट्राफिक प्रहरी कार्यालय दमकले २०८२ साल साउन महिनाभर सवारी नियम उल्लङ्घन गर्ने ४०० वटा सवारीसाधनलाई कारबाही गरेको छ। सो कारबाहीबाट जम्मा रू. ३ लाख ४० हजार ५ सय राजस्व संकलन गरिएको कार्यालयका प्रमुख विजय राईले जानकारी दिनुभयो।

    ट्राफिक प्रहरीले पछिल्लो समय यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन नियमित अनुगमन तथा चेकजाँचलाई तिव्रता दिएको छ। विशेषगरी सिटी सफारी जाँच, मापसे तथा लापसे नियन्त्रणमा कार्यालय निरन्तर खटिरहेको जनाएको छ।

    प्रहरीका अनुसार सवारी चालकमा ट्राफिक नियम पालना गर्ने प्रवृत्ति अभिवृद्धि गर्न निरन्तर अभियान सञ्चालन भइरहेकाले आगामी दिनमा थप कडाइ गरिने मल्टिमिडिया डट कम सँग संवादका क्रममा दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईले जानकारी दिनुभयो ।

  • पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा आगमन, भव्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा आगमन, भव्य स्वागत

    झापा, भाद्र ८ – पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने बसाइँका लागि सोमबार झापा आइपुग्नुभएको छ । सोमबार दिउँसो बुद्ध एयरको बीएचए ९५५ नियमित उडानमार्फत पूर्वराजा शाह, पूर्वरानी कोमल शाह, छोरी प्रेरणा शाहसहित ६ सदस्यीय टोली चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुभएको हो ।

    विमानस्थलको विशिष्ट कक्षमा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा करिब ४० जनाले फुलमालासहित पूर्वराजा शाह र परिवारलाई स्वागत गरेका थिए ।स्वागतकर्तामध्ये नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, परिषद्का उपाध्यक्ष बल्लवप्रसाद दाहाल, मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहाल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, सुभद्रादेवी गेलाल, ज्वाला दाहाल, पप्पुलाल चौधरी, सन्दिप घिमिरे र पूर्व सहायक मन्त्री टेकनारायण राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

    स्वागतपछि पूर्वराजा शाह दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारतर्फ प्रस्थान गर्नुभएको छ ।

  • दमकमा ‘युनिर्भसल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट’ सञ्चालनमा

    दमकमा ‘युनिर्भसल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट’ सञ्चालनमा

    दमक, भदौ ९ – झापा दमकमा प्राविधिक र सिपमूलक स्नातक तहका नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन्। आस्था कलेज दमक, नमुना कलेज इटहरी र अर्किड इन्टरनेशनल कलेज काठमाडौंको संयुक्त व्यवस्थापनमा “युनिर्भसल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट” संचालनमा आउने भएको हो।
    कलेजले यस वर्षदेखि त्रिभुवन विश्वविद्यालय (T.U) सँग सम्बन्धन प्राप्त B.I.T (Bachelor in Information Technology) र B.H.M (Bachelor in Hotel Management) कार्यक्रम सञ्चालन गर्ने जानकारी आज पत्रकार सम्मेलनमार्फत दिइएको हो।

    आस्था कलेजका कार्यकारी निर्देशक टेकनाथ भण्डारीका अनुसार, “यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अब काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ। घरमै बस्दै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा लिन सहज हुनेछ।”
    चार वर्षे आठ सेमेष्टरमा सञ्चालन हुने यी कार्यक्रमअन्तर्गत Non-credit कोर्सहरू पनि थपिनेछन्, जसले विद्यार्थीलाई करियरमा थप प्रतिस्पर्धी बनाउन सहयोग गर्ने बताइएको छ। साथै, विद्यार्थीहरूले पढ्दापढ्दै कमाउने अवसर पाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा इण्टर्नशिप को सुविधा प्राप्त गर्नेछन्।

    यसैबीच T.U ले B.I.T र B.H.M कार्यक्रमका लागि CMAT फारम भर्ने म्याद भदौ १३ गतेसम्म तोकेको छ भने प्रवेश परीक्षा भदौ २१ गते हुने तय भएको छ। फारम भर्ने विद्यार्थीका लागि बिहान ७ बजेबाट आस्था कलेज दमकमा निःशुल्क तयारी कक्षा सुरु भइसकेको कलेजले जनाएको छ।

    आस्था कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि कोसी प्रदेशमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ। कलेजमा हालै शैक्षिक सत्र २०८२ का लागि BBS प्रथम वर्षमा पनि भर्ना खुला गरिएको र नियमित पठनपाठन सुरु भएको जानकारी दिइएको छ।

  • कमल अस्पतालमा एनएमबी बैंकद्वारा प्रतीक्षालय निर्माण, थप सुविधा विस्तार हुने

    कमल अस्पतालमा एनएमबी बैंकद्वारा प्रतीक्षालय निर्माण, थप सुविधा विस्तार हुने

    कमल–०२, तोपगाछी / कमल नगर अस्पतालमा बिरामी र कुरुवाहरूको सहजताका लागि निर्माण गरिएको प्रतीक्षालय (कुरुवा घर) थप व्यवस्थित र रोगीमैत्री बनाउन पहल सुरु गरिएको छ।

    मिति २०८० जेठ ४ गते एनएमबी बैंक, कमल शाखाले १ लाख ८० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरी गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई हस्तान्तरण गरेको यो प्रतीक्षालय अहिले अस्पताल सेवामा प्रभावकारी बनेको छ।

    अध्यक्ष राईले स्वास्थ्य पूर्वाधार विस्तारलाई निरन्तर प्राथमिकता दिँदै आएको सेवाग्राहीहरूको भनाइ छ। उहाँको नेतृत्वमा अस्पतालमा विभिन्न पूर्वाधार सुधार र सेवा विस्तार भइरहेका छन्।
    यसैबीच, अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका वडा नं. २ का अध्यक्ष अशोक सुब्बाले प्रतीक्षालय अझ सुविधा सम्पन्न बनाउन बस्ने ठाउँ व्यवस्थित गर्ने र पंखा जडान गर्नुपर्ने सुझाव दिएका छन्। आज वडा अध्यक्ष सुब्बा र एनएमबी बैंक, केर्खा शाखा प्रमुख चित्र न्यौपानेबीच भएको भेटमा उक्त सुझाव अघि सारिएको हो।

    बैंकका प्रबन्धक न्यौपानेले सुझावलाई सकारात्मक लिँदै दशैंअघि नै, नभए दशैं–तिहार सकिएलगत्तै थप संरचना जडान गर्ने प्रतिवद्धता जनाएका छन्। उहाँले अस्पताललाई निरन्तर सहयोग गर्ने र रोगीमैत्री वातावरण बनाउन बैंक सधैं तत्पर रहने बताए।
    सेवाग्राहीहरूले प्रतीक्षालय निर्माणपछि वर्षात् र गर्मी मौसममा बस्न सहज भएको अनुभव सुनाएका छन्। उनीहरूले थप सुविधा थपिएपछि यो प्रतीक्षालय अस्पतालकै आकर्षण बन्ने विश्वास व्यक्त गरेका छन्।

    अध्यक्ष हुकुमसिंह राईको नेतृत्व, वडा अध्यक्ष अशोक सुब्बाको सक्रिय सुझाव र एनएमबी बैंकको सामाजिक उत्तरदायित्वपूर्ण पहलको परिणामस्वरूप बनेको यो प्रतीक्षालय अस्पताल सेवामा महत्वपूर्ण उपलब्धि बनेको छ। आगामी दिनमा थप सुधारसहित बिरामी र कुरुवाहरूलाई अझ सहज सेवा दिने अपेक्षा गरिएको छ।

  • दमकमा “TVS Exchange Mania”सुरु , भाद्र ११ सम्म सञ्चालन हुने

    दमकमा “TVS Exchange Mania”सुरु , भाद्र ११ सम्म सञ्चालन हुने

    भदौ ८, दमक / झापाको दमक चोकमा “TVS Exchange Mania” कार्यक्रम सुरु भएको छ। RA International Damak द्वारा आयोजित यस कार्यक्रम अन्तर्गत विभिन्न मोडलका TVS बाइक तथा स्कुटरहरू बिक्री तथा Exchange सुविधा उपलब्ध गराइएको छ।

    कार्यक्रममा पुराना बाइक वा स्कुटर साटेर नयाँ TVS ब्रान्डका सवारी साधन लिन सकिने सुविधा प्रदान गरिएको आयोजकले जनाएको छ। साथै, आकर्षक अफर तथा सहुलियत मुल्यमा नयाँ बाइक–स्कुटर खरिद गर्न सकिने भएकाले दमकका ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएको छ।

    RA International Damak का अनुसार, यो एक्सचेन्ज मेला आगामी भाद्र ११ गते बुधबारसम्म मात्र सञ्चालन हुने भएकाले सो अवसर गुमाउन नहुने जानकारी दिइएको छ।

  • दमकमा राप्रपा क्षेत्रीय अधिवेशन सम्पन्न, भिम पौडेल सर्वसम्मत अध्यक्षमा चयन

    दमकमा राप्रपा क्षेत्रीय अधिवेशन सम्पन्न, भिम पौडेल सर्वसम्मत अध्यक्षमा चयन

    भदौ ८, दमक / झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भिम पौडेल पुनः सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ। उहाँसहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

    दमक–६ स्थित पशुपति मन्दिरको सभा हलमा भएको अधिवेशनमा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो। साथै राप्रपा केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख राजेश गिरी, केन्द्रीय सदस्यहरू गोपाल प्रसाद पौडेल, लक्ष्मी संग्रौला, राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझालगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

    अधिवेशनलाई सम्बोधन गर्दै वक्ताहरूले राष्ट्रियता, धर्म, संस्कृतिको संरक्षण र संविधान संशोधनमार्फत् हिन्दू राज्य पुनःस्थापना गर्ने राप्रपाको एजेन्डालाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    नव निर्वाचित अध्यक्ष पौडेलले पार्टी संगठनलाई थप मजबुत बनाउने, जनस्तरमा पार्टीको विश्वास बढाउने र क्षेत्र नं. ५ भित्रका राजनीतिक गतिविधिलाई गतिशील बनाउन आफू कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

  • जनजाति कल्याण आश्रम नेपालको झापा जिल्ला कार्यसमिति चयन : अध्यक्षमा प्रेमप्रसाद राजवंशी

    जनजाति कल्याण आश्रम नेपालको झापा जिल्ला कार्यसमिति चयन : अध्यक्षमा प्रेमप्रसाद राजवंशी

    भदौ ७, दमक / झापाको लक्ष्मीपुरस्थित फागुनन्द छात्रावासमा आयोजित आम भेलाले जनजाति कल्याण आश्रम नेपालको झापा जिल्ला कार्यसमिति चयन गरेको छ।

    राष्ट्रिय उपाध्यक्ष कमल राजवंशीको अध्यक्षतामा सम्पन्न भेलाले प्रेमप्रसाद राजवंशीलाई झापा जिल्ला अध्यक्षमा चयन गरेको छ। त्यस्तै, उपाध्यक्ष हेमनसरी राजवंशी, सचिव रनेन्द्र जबेगु, सहसचिव दुर्गा कुमार, कोषाध्यक्ष हिमा गुरुङ राई चयन भएका छन्।

    सदस्यमा हर्कबहादुर लिम्बु, डिलीप्रसाद नेम्बाङ, कुलो कुमारी ताजपुरिया, भबबहादुर धिमाल, अर्जुन कोइराला, ब्रह्मदेव, मोति मुर्मु, नौताली राजवंशी, चन्द्रकुमारी तामाङ, शान्ति राई, तारा राई र साइला मुर्मु निर्वाचित भएका छन्।

    कार्यक्रममा महासचिव प्रेम थुलुङ, श्रद्धा जागरण प्रमुख चन्दुलाल मुर्मु, कोशी प्रदेश सदस्य काजीमान राई लगायत विभिन्न कार्यकर्ता बन्धुहरूको सहभागिता रहेको थियो।

    Oplus_131072