Category: घटना

  • अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट

    अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट

    काठमाडौँ / अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक÷दुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् ।

    उनका अनुसार, त्यसपछिको अवधिमा १९ जना डिपोर्ट भएर आइसकेको विवरण विभागमा रहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् ।

    नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरू छन् । विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको सङ्ख्या १९७ पुगिसकेको छ ।

  • अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा

    अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा

    दमक / झापा अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अगाडि बढाइएको छ । सामूहिक कुटाइबाट मृत्यु भएको पुष्टि नभएपछि उनीहरूमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको हो । गत असार २४ गते राति अर्जुनधारा-४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया राईको मृत्यु भएको थियो ।

    सो घटनाका सम्बन्धमा भोजपुर रामप्रसादलाई गाउँपालिका-६ वैकुण्ठे घर भई अर्जुनधारा-८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, सोही ठाउँ बस्ने ५४ वर्षीया मैयाँ भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको हो । असार २५ गते पक्राउ परेका उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।

  • दमकमा स्कुटीको ठक्करबाट गम्भीर घाइते वृद्धको मृत्यु

    दमकमा स्कुटीको ठक्करबाट गम्भीर घाइते वृद्धको मृत्यु

    दमक । झापाको दमक नगरपालिका–१० जहदा टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

    मिति २०८२ साल असार २९ गते राति करिब ८:३० बजे मे.७ प.३७८९ नम्बरको स्कुटीले पैदल हिँडिरहेका ७७ वर्षीय देव बहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको, दाहिने हात भाँचिएको र दुबै खुट्टा तथा अनुहारमा समेत चोट लागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    घाइते श्रेष्ठ बोल्न नसक्ने अवस्थामा रहेकाले तत्काल दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल रेफर गरिएको थियो ।
    विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका श्रेष्ठलाई परिवारजनले घर लैजाने क्रममा स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि पुनः दमक अस्पताल ल्याइएको थियो । अस्पतालमा इ सि जि परीक्षण गर्दा राति चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् ।

    स्कुटी चालक १६ वर्षीय अर्चन खापुङ रहेका छन्, जो तेह्रथुमको म्याङलुङ घर भई हाल दमक–१० मा बसोबास गर्दै आएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    दुर्घटना पछि बुधबार प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव पोष्टमार्टमपछि उनका छोरा सुरेश कुमार श्रेष्ठलाई बुधबार दिउँसो अन्तिम संस्कारका लागि जिम्मा दिइएको प्रहरी स्रोतले जनाएको छ ।

  • पानीमा डुबेर बालकको मृत्यु

    पानीमा डुबेर बालकको मृत्यु

    दमक/ झापाको दमकमा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका- ९ का ११ वर्षीय रमन धिमाल रहेको प्रहरीले जनाएको छ ।

    दमक-९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर हिजो दिउँसोदेखि बेपत्ता भएका उनको शव आज बिहान फेला परेको हो । उनी पाणिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । शवको कानुनी प्रक्रिया पूरा गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।