दमक–७ मा जन्मदर्ता र विवाह दर्ताका लागि वृक्षारोपण अनिवार्य

भदौ २, दमक / दमक नगरपालिकाको ७ नम्बर वडा कार्यालयले जन्मदर्ता र विवाह दर्ता गर्न चाहने परिवारलाई अब दुईवटा फलफूलका विरुवा अनिवार्य रुपमा रोप्नुपर्ने व्यवस्था गरेको छ।

वडाध्यक्ष भिमप्रसाद पौडेलका अनुसार सोमबार बसेको वडा समितिको बैठकले औपचारिक रुपमा उक्त निर्णय गरेको हो।उनले वातावरण संरक्षण र शहरी सौन्दर्यकरणमा वडाबासीको प्रत्यक्ष योगदान आवश्यक भएकाले यस्तो नीति लागू गरिएको बताए।
“घर परिवारमा कसैको जन्म हुनु वा वैवाहिक कार्यक्रम हुनु सुखद अवसर हो। यसलाई अझ अर्थपूर्ण बनाउन वृक्षारोपणलाई जोडिएको छ,” वडा सचिव योगेश भट्टराईले भने।

वडाले जुनसुकै प्रजातिका बहुवर्षे फलफूलका विरुवा रोप्नुपर्ने र यसको प्रमाणस्वरूप रोपिएको तस्वीर कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था मिलाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *