दमकमा एक महिलाले पेट्राेल छर्केर आत्मदाह गर्ने प्रयास

भदौ २, दमक / झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् । आज दिउँसो ४.३० बजे दमक नगरपालिका १ भानुभक्त चोक बस्ने मनोज साहकी श्रीमती ३० वर्षीया शोभा साहले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी हुन् ।

घाइतेलाई दमक अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । बोल्न नसक्ने उनको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *