लायन्स क्लबद्वारा बयोवृद्ध तथा अशक्तलाई खाद्यान्न सहयोग

पुष २६, दमक / पर्यटकीय स्थल चपेटीमा बसोबास गर्दै आउनु भएका एक बयोवृद्ध तथा शारीरिक रूपमा अशक्त बाघधन राईलाई लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ। जाडो मौसममा कष्टकर जीवन बिताइरहेका राईको शारीरिक अवस्था कमजोर बन्दै गएकाले मानवीय सहयोग स्वरूप क्लबले राईकै निवासमा पुगेर चामल, नुन, तेल, चिनी, म्याट्रेस, जुत्ता र ज्याकेट हस्तान्तरण गरेको हो।

सहयोग कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लबका रिजन चियरपर्सन युवराज गजमेरले सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले बालबालिका, महिला तथा ज्येष्ठ नागरिकको सेवामा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो। कार्यक्रमको समापनमा निर्माणाधीन लायन्स पार्कका कोअर्डिनेटर विश्वदीप देबले प्रमुख अतिथि तथा उपस्थित अतिथिहरूलाई धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *