हात्तीको आक्रमणबाट घाइते भएकी एवाई मोबाइल सञ्चालककी श्रीमतीलाई दमक मोबाइल व्यवसायी सङ्घद्वारा आर्थिक सहयोग

साउन २५ , दमक / दमक मोबाइल व्यवसायी सङ्घले एवाई मोबाइलका सञ्चालक प्रदिप राईज्यूकी श्रीमतीलाई आर्थिक सहयोग प्रदान गरेको छ। केही दिनअघि हात्तीको आक्रमणबाट गम्भीर रूपमा घाइते भएकी उहाँको हाल बिराटनगर न्युरो हस्पिटलमा उपचार जारी छ।

उपचारको क्रममा आवश्यक परेको तत्काल आर्थिक सहयोगको आवश्यकता बोध गरी, सङ्घका वरिष्ठ उपाध्यक्ष रेवती दाहालज्यूको अगुवाइमा संकलन गरिएको रु १,००,००० (एक लाख रुपैयाँ) आज बिराटनगर न्युरो हस्पिटलमा पुगेर उहाँलाई हस्तान्तरण गरिएको हो।

सङ्घले यस सहयोगमा साथ दिने सम्पूर्ण व्यवसायी साथीहरू प्रति हार्दिक आभार व्यक्त गर्दै, अझै पनि सहयोग गर्न चाहने महानुभावहरूले सङ्घमार्फत वा व्यक्तिगत रूपमा सहयोग गर्न सकिने जानकारी समेत सार्वजनिक गरेको छ।

यस सहयोग कार्यक्रमले व्यवसायीबीचको सहकार्य, मानवीय भावना र सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धता प्रकट गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *