दमकमा गाईजात्रा पर्व भव्य रूपमा सम्पन्न

साउन २५ , दमक / झापाको दमकमा यस वर्ष पनि गाईजात्रा पर्व भव्य र सांस्कृतिक उत्साहका साथ सम्पन्न भएको छ। नेवा देय् दबू दमकनगर समिति तथा विभिन्न स्थानीय संघसंस्थाको संयुक्त आयोजनामा भएको यस पर्वमा नगरवासीको उत्साहपूर्ण सहभागिता देखियो।

आज देशभर मनाइएको गाईजात्रा पर्वको अवसरमा दमक नगरपालिका परिसरबाट परिक्रमा सुरु गरी बजार क्षेत्रका विभिन्न मार्ग हुँदै समापन गरिएको थियो। यस क्रममा दमकमा दुई स्थानमा विशेष कार्यक्रमहरू आयोजना गरिएका थिए। नेवा देय् दबू दमकनगर समितिका कार्यवाहक अध्यक्ष रामप्रधानका अनुसार, गाईजात्रा एक वर्षअघि स्वर्गवास भएका पितृहरूको सम्झनामा आत्माको शान्तिका लागि गरिने धार्मिक र सांस्कृतिक विधि हो। यो परम्परा राजा प्रताप मल्लको पालादेखि निरन्तर चल्दै आएको छ।

पर्वको क्रममा इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकले सुरक्षा व्यवस्था कडाइका साथ मिलाएको थियो। सहभागीहरूले परम्परागत पोशाक, नाचगान र सांस्कृतिक झाँकीसहित गाईजात्राको शोभायात्रा सम्पन्न गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *