इलाम– इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन् ।
स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षे निरोज चापागाई गम्भीर घाइते छन् ।
प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।
शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।