झापा, दमक — झापाको दमक नगरपालिका–१ स्थित नेपाल कम्प्लेक्समा सञ्चालित पूर्वाञ्चल स्पा थेरापी तथा अर्गानिक फुड सप्लिमेन्ट मार्फत होलिस्टिक हर्ब्स ले स्वास्थ्य र सुखको लागि जडीबुटीयुक्त दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरू सेवा दिँदै आएको छ।
वि.सं. २०७३ सालदेखि नियमित सेवा प्रदान गरिरहेको यस संस्थाले रोग प्रतिरोधात्मक शक्ति अभिवृद्धि गर्ने, साइड इफेक्ट रहित प्राकृतिक पोषणपूरक खाद्य पदार्थ र पेय पदार्थको उत्पादन तथा विक्री गर्दै आएको छ।
होलिस्टिक हर्ब्सको प्रमुख दृष्टिकोण “स्वस्थ जीवनशैली, प्राकृतिक उपचार र समृद्ध समाज निर्माण” रहेको संस्थाले जनाएको छ।
संस्थामा यार्सागुम्बा युक्त कर्डिसेप्स पाउडर, एलोभेरा, एञ्जेलिका, ग्रिन कफी विन, ग्रिन टी जस्ता स्वास्थ्यमा उपयोगी सुपरफुड तथा पेय पदार्थ उपलब्ध छन्।
त्यसैगरी पूर्वाञ्चल स्पा थेरापीमार्फत कम्मर, घुँडा, गर्दन दुखाई, बाथ, प्यारालाइसिस, नशा च्यापिएको, तनाव व्यवस्थापन, उच्च रक्तचाप, मधुमेह, ग्याष्ट्रिक, कब्जियत, मोटोपन, पिनास, माइग्रेन लगायतका समस्याको समाधान गरिँदै आएको सञ्चालिका अनु राजवंशीले जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालबाट डाक्टरले विधा दिएका बिरामीहरू, क्यान्सरका बिरामीसमेत यहाँको जडीबुटीजन्य सेवा प्रयोग गरी निको भएका उदाहरणहरू छन्।
स्वास्थ्य परीक्षणका लागि आवश्यक सुविधासमेत उपलब्ध गराइएको यस स्पा तथा हर्ब्स सेन्टरमा आधुनिक प्रविधियुक्त ल्याब सेवा पनि संचालनमा रहेको छ।
सञ्चालिका राजवंशीका अनुसार प्राकृतिक चिकित्सा र आयुर्वेदमा आधारित यस सेवाबाट हालसम्म धेरैले लाभ लिइसकेका छन्। प्राकृतिक जीवनशैलीलाई अंगिकार गर्दै स्वास्थ्यप्रति सचेत बन्न चाहने व्यक्तिका लागि होलिस्टिक हर्ब्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको छ।