• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार राजु खड्काको प्रतिबद्धता: व्यवसायीको हक हित र व्यवस्थित बजार प्रमुख एजेन्डा

दमक / दमकमा व्यवसायीको हक हितमा निरन्तर आवाज उठाउँदै आउनुभएका राजु खड्का आगामी दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।

वर्तमानमा संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका खड्का एक दर्जनभन्दा बढी संघ–संस्थामा आबद्ध हुनुहुन्छ। युवाशक्ति, अनुभव र जोशले भरिपूर्ण खड्काले अहिलेसम्म संघको कुनै पनि चुनावमा हार व्यहोर्नु परेको छैन।

पार्टीको तर्फबाट औपचारिक उम्मेदवारी घोषणा भएसँगै खड्काले व्यवसायी हितका विविध पक्षलाई समेट्दै आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ।

उहाँको मुख्य एजेन्डा यसप्रकार छन्:

सदस्यता विस्तार र शुल्क परिमार्जन: संघको वार्षिक शुल्क परिमार्जन गरी नयाँ व्यवसायीलाई आकर्षित गर्दै सदस्यता वृद्धि गरिनेछ।

साना व्यवसायीको व्यवस्थापन: सडकमा मकै पोल्ने, जुत्ता सिलाउने, चटपटे बेच्नेजस्ता साना व्यवसायीलाई व्यवस्थित गरेर सहज व्यावसायिक वातावरण तयार पारिनेछ।

व्यवसायिक हितकोषको प्रभावकारिता: संघद्वारा सञ्चालित व्यवसायिक हितकोषको माध्यमबाट क्यान्सर, मुटुरोग, मृगौला पीडित व्यवसायीलाई उपचार खर्च स्वरूप निश्चित सहयोग प्रदान गरिनेछ।

अव्यवस्थित बजार नियन्त्रण: बजार क्षेत्रमा लागू पदार्थ सेवन, चन्दा उठाउने, ठगी गर्नेजस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय प्रहरी र नगरपालिका सँग समन्वय गर्दै कठोर कार्यान्वयन गरिनेछ।

घुमन्ते व्यापारको नियन्त्रण: अनधिकृत रूपमा साइकल, सिटी सफारीमा सामग्री बिक्री गर्ने पोके व्यापारलाई कर प्रणालीमा ल्याई निश्चित स्थानमा मात्रै कारोबार गर्न दिने व्यवस्था गरिनेछ।

राजु खड्काले आफ्नो उम्मेदवारी घोषणासँगै भनेका छन्, “बोलेर भन्दा पनि गरेर देखाउने मेरा कार्यशैली हुन्। व्यवसायीको हक, अधिकार र सुरक्षाका लागि मैले बोकिएको एजेन्डालाई कार्यान्वयन गर्नेछु।”

आफ्नो उम्मेदवारी कुनै व्यक्तिको विरोधमा नभई व्यवसायीको हक र हितका लागि भएको स्पष्ट पारेका छन्।

खड्काले उद्योग वाणिज्य सङ्घ कुनै राजनीतिक दलको काम गर्ने थलो नभएको उल्लेख गर्दै, “यो सङ्घ व्यवसायीका समस्या समाधान गर्ने साझा संस्था हो, यसलाई राजनीतिक रंग दिनु अनुचित हुन्छ,” भन्ने धारणा व्यक्त गरे।

उहाँका अनुसार व्यवसायीहरूबीच एकता र सहकार्यको खाँचो रहेको अहिलेको समयमा आफूले उम्मेदवारी दिएर व्यवसायी हितमा दृढ भूमिका खेल्ने लक्ष्य लिएको बताउनुभयो। “व्यवसायीका समस्या र अधिकारका पक्षमा बलियो आवाज उठाउने बेला आएको छ,” उहाँले भन्नुभयो।

उहाँले दमकका सम्पूर्ण व्यवसायीहरूप्रति समर्थनको अपेक्षा व्यक्त गर्दै आगामी निर्वाचनमा सक्दो साथ र सहयोगको अपेक्षा राखेको जनाउनुभयो।

दमकका व्यवसायीमाझ लोकप्रिय नाम बनिसक्नुभएका खड्काको उम्मेदवारीसँगै आगामी चुनाव प्रतिस्पर्धात्मक र नीतिगत बहसमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :