भदौ ११, दमक / पहिलो पाईला नेपाल गौरादह शाखाका सचिव प्रदिप धमलाले आफ्नो जन्मदिनको अवसरमा अंगदान गर्ने घोषणा गर्नुभएको छ।
“अङ्गदान : सार्थक बन्छ जीवन” भन्ने मुल मन्त्रका साथ सचिव धमलाले मृत्युपछि आफ्ना अंगहरू दान गर्ने निर्णय लिनुभएको हो। उहाँले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटु, फोक्सो, कलेजो, मृगौला, सानो आन्द्रा र प्याङ्क्रियाज गरी ६ वटा महत्वपूर्ण अंग मरणोपरान्त दान गर्नुभएको छ।
सचिव धमलाले अंगदानमार्फत् एक जनाले मृत्युपछि पनि कम्तीमा ८ जना बिरामीको जीवन बचाउन सक्ने महत्त्वपूर्ण सन्देश समाजमा दिनुभएको छ। उहाँको यो निर्णयले गौरादह मात्र नभई सम्पूर्ण समाजलाई अंगदानप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।