दमक, साउन १७ – नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिले दमक ट्राफिक प्रहरी प्रमुख बिजय राईलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। दुर्घटना न्यूनीकरण, सवारी पार्किङ व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा सहकार्य गर्दै आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना दिँदै कार्यक्रम आयोजना गरिएको हो।
हलुका इकाई समितिका अध्यक्ष खड्ग पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव डिल्लीराज अधिकारीले संचालन गर्नु भएको थियो। उपाध्यक्ष भिम पौडेलले स्वागत मन्तव्य राख्दै प्रमुख राईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी प्रमुख बिजय राईले दमकमा ट्राफिक व्यवस्थापनका लागि सबै संघ–संस्था तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो।
उक्त कार्यक्रममा नेपाल यातायात मजदुर संघ कोशी प्रदेश उपाध्यक्ष गान्धी प्रसाद भण्डारी, कार्य समिति पदाधिकारीहरु तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्य समिति सदस्य अर्जुन कालाखेतीले जानकारी दिनुभयो।