• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारमा जोड्ने उद्देश्यले ‘बाटेको मच्छडधुप’ बिक्री केन्द्र स्थापना

दमक, साउन १६ – अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले झापाको दमकमा ‘बाटेको मच्छडधुप’ उत्पादन, संकलन तथा बजारीकरणका लागि बिक्री केन्द्र स्थापना गरिएको छ।

दमक नगरपालिका र पाथिभरा हेल्थ एण्ड वेलनेस फाउण्डेशनको सहकार्यमा २ महिनासम्म आवश्यक सीप विकास प्रशिक्षणपश्चात्, दमक अपाङ्ग सहयोग समितिको संयोजनमा दमक–४ ताराबारीस्थित प्रस्तावित एकीकृत अपाङ्ग पुर्नस्थापना केन्द्रमा शुक्रबार बिक्री केन्द्रको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा दमक नगरपालिका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रशाई, कार्यपालिका सदस्य शारदा भट्टराई, फाउण्डेशन अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतको उपस्थिति थियो।

कार्यक्रममा नगर प्रमुख थापाले यस्तो कार्य नगरको लागि उदाहरणीय रहेको उल्लेख गर्दै नियमित उत्पादन र बजारीकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “नगरपालिकाले बिक्रीका लागि निशुल्क सटर प्रदान गर्नेछ र यो उत्पादनलाई आफ्ना कार्यक्रमहरूमा उपहारका रूपमा प्रयोग गरिनेछ,” उनले भने।

दमक उपप्रमुख रेगिना भट्टराई प्रशाईले अपाङ्गता भएका तथा आश्रित परिवारको मेहनत र उत्पादनप्रति खुसी व्यक्त गर्दै नगरपालिकाको निरन्तर साथ रहने बताइन्। “यो नगरको ब्राण्ड हो, सबैले मिलेर यसलाई अघि बढाउनु पर्छ,” उनले आग्रह गरिन्।

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले प्राकृतिक जडिबुटी प्रयोग गरेर निर्मित यो धुप मानव स्वास्थ्यमा हानिकारक नरहेको बताए। “डेंगुजस्ता रोगबाट बच्न यो उपयोगी छ र यसको निर्यात सम्भावना पनि प्रशस्त छ,” उनले भने।

फाउण्डेशन अध्यक्ष विष्णुप्रसाद पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारमा जोड्न निरन्तर काम गरिरहेको बताउँदै, “यो उत्पादनलाई नेपालकै एक नयाँ ब्राण्डको रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य हो,” भने। साथै उनले दिब्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नमार्फत बजारीकरणमा सहयोग गरिने जानकारी गराए।

कार्यक्रम सञ्चालन दमक नगरपालिका सामाजिक शाखा प्रमुख केशव प्रशाईले गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक शारदा भट्टराई, दमक अपाङ्ग सहयोग समितिकी निमित्त अध्यक्ष मनमाया तिम्सिनालगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :