असाेज ११, दमक / इलाका प्रहरी कार्यालय पुनर्निर्माणको महान् उद्देश्यलाई साथ दिँदै विभिन्न संघ–संस्थाहरूबाट सहयोग जारी छ। यसै क्रममा एक्टिभ आइरन दमक र उर्लाबारीका सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर अध्यक्ष सामाजिक व्यक्तित्व तीर्थ लामिछानेले रु. ५१,०००/- को चेक हस्तान्तरण गर्नुभएको छ।
दमक नगरपालिकाले गठन गरेको पुनर्निर्माण समितिका अध्यक्ष एवं नगर प्रमुख रामकुमार थापा, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा समितिका कोषाध्यक्ष गोपाल गुरागाई र इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिमल्सिनालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो।
यससँगै लामिछानेले ट्राफिक प्रहरी कार्यालयका लागि पनि एउटा ढोका प्रदान गरी योगदान गर्नुभएको छ।
प्रहरी प्रशासनको सुदृढीकरण र शान्ति–सुरक्षाको संवर्द्धनमा लामिछानेले गरेको यो सह्रदय सहयोग सामाजिक उत्तरदायित्व र समर्पणको उज्ज्वल उदाहरण बनेको समितिले जनाएको छ।